हिमाली क्षेत्रमा निःशुल्क सोलार वितरण

  • प्रकाशित मिति : बिही, जेठ २६, २०७९
  • - विद्युत संसार
title

जाजरकोट, २६ जेठ । केन्द्रीय विद्युत् प्रसारण लाइनको पहुँचमा नभएको उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा  सौर्य ऊर्जा (सोलार) निः शुल्क वितरण गरिएको छ । 
 
डोल्पोबुद्ध –६ का १२८  घरधुरीमा ५० वाटको सोलार जडान गरिएको वडाध्यक्ष नुर्बु डम्डुल गुरुङले जानकारी दिए  । कादुरी नामक संस्थाको सहयोगमा वडाका सम्पूर्ण घरधुरीलाई निःशुल्क सोलार प्रदान गरिएको उनले बताए । संस्थाले सोलार खरिद गरिदिएर जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरसम्म ढुवानी गरिदिएको थियो । यसपछि स्थानीय आफैँले सोलार ढुवानी गरेका थिए । सोलारले दैनिकीमा सजिलो भएको  स्थानीयवासी सेनाङ लामाले बताए । 

प्रतिक्रिया