भर्खरै

इलेक्ट्रिसियनहरुलाई प्राविधिक दक्षता बढाउन हाम्रो ध्यान केन्द्रित छ

  • प्रकाशित मिति : बिही, जेठ २६, २०७९
  • - दीपक खनाल, अध्यक्ष, इलेक्ट्रिसियन एसोसियसन बाँके
title

दीपक खनाल, अध्यक्ष, इलेक्ट्रिसियन एसोसियसन बाँके

लामो समय इलेक्ट्रिसियन पेशा आवद्ध दीपक खनाल हाल इलेक्ट्रिसियन एसोसियसन बाँकेको अध्यक्ष पदको कार्यभार सम्हाल्दै आउनु भएको छ ।  नेपालगञ्जलाई आधार बनाएर १५ वर्ष देखि इलेक्ट्रिसियन पेशामा आवद्ध खनाल इलेक्ट्रिसियन पेशालाई मर्यादित बनाउनु पर्छ भन्ने उद्धेश्य बोकेर  एसोसियसनको स्थापना काल देखि नै संस्थापक सचिवको कार्यभार सम्हालेर इलेक्ट्रिसियनहरुका समस्या न्यूनिकरणमा ठूलो योगदान पु¥याउनु भएको छ । हाल अध्यक्ष हुँदै गर्दा एसोसियसनले गर्दै आएको काम कार्य लगायत भावि योजनाहरुको विषयमा विद्युत संसार साप्ताहिकका सम्पादक भीमलाल श्रेष्ठले उनै खलान सँगको कुराकानी संक्षिप्तमाः

इलेक्ट्रिसियन पेशालाई कसरी लिनुभएको छ ?

इलेक्ट्रिसियन पेशा एक जोखिमयुक्त काम हो तर नेपालमा दुईवटा तार जोड्न नजान्दै इलेक्ट्रिसियन भनेर काम गर्दै हिडेका पनि हामीले देखेका छौं । अझ म आफु यो क्षेत्रमा लाग्दै गर्दा यस्ता समस्याहरु धेरै देख्दै आएको छु ।
 
बाँके जिल्ला आफैँमा मध्य र सुदुरको हब भएकै कारणले बाँकेको नेपालगञ्ज बजार ठूलो छ । यसैले हामीले इलेक्ट्रिसियन पेशामा आवद्ध भएका व्यक्तिहरु संगठनिक रुपमा जानु पर्दछ किनकी यो क्षेत्रमा हुने समस्याहरु को न्यूनिकरणमा मद्धत पुग्नेछ र इलेक्ट्रिसियनको सर्वपरी हितको अबधारणालाई आत्मसाथ गर्दै संघ स्थापना गरेका हौं । २०७१ सालमा संघ स्थापना गरी अहिले सोही अवधारण अनुरुप सस्थालाई अगाडि बढाइरहेका छौ । हाल सदस्य संख्या ९५० भन्दा बढी पुगेका छन् ।
 
संघले कस्ता कार्यक्रमहरु अगाडि ल्याएको छ ?

इलेक्ट्रिसियन पेशामा मुख्य त सीप हो यसैले हामीले इलेक्ट्रिसियनहरु लाई सिपमा दक्षताको लागि विभिन्न कार्यक्रमहरु ल्याउने गरेका छौ । त्यसमा एड्भान्स टेक्नोलोजी अनुसार इलेक्ट्रिसियन पनि सो अनुरुपको सीप अभिवृधी हुनुपर्दछ भनेर भर्खरै हामीले थ्रिफेज वायरिङ्ग, सिसिटिभी जडान, फ्रिज मर्मत जस्ता कार्यक्रमहरु इलेक्ट्रिसियनहरुलाई दिदैं आएका छौ । 
 
अबको संघको मुख्य योजना भनेको इलेक्ट्रिसियनहरुलाई ‘इलेक्ट्रिसियन लाइसेन्स’ वितरण हो । यसका लागि पहिलो काम इलेक्ट्रिसियनहरु को सीप परिक्षण हो जसको लागि संघले सरकारसँग सहकार्य गरिरहेको छ यो पछिको कार्य भनेको हामीले नगरपालिका र अन्य संघ सस्थाहरु सँग समन्वय गर्ने काम गरेका छौं । यसले इलेक्ट्रिसियनलाई अझ मर्यादित बनाउँदछ भने नेपाल सरकारले केही राजस्व पनि वृद्धि हुन्छ यो सँगै कुन इलेक्ट्रिसियन कुन लेबलको हो भने र छुट्याउन सजिलो हुन्छ जसले गर्दा हातमा सीप नभएकाहरुले काम पाउँदैन् र इलेक्ट्रिसियन पेशामा भएका समस्या र विकृतिहरु पनि न्यून हुन्छ ।
 
अर्को विषय भनेको सामाजिक सुरक्षा अन्तर्गत काम गर्ने क्रममा इलेक्ट्रिसियनहरु आपत्कालिन दुर्घटनाको लागि नगरपालिकासँगको सहकार्यमा दुर्घटना विमा योजना अघि सारेका छौं । यो योजना हाम्रो कार्यक्षेत्र भित्रका सम्पूर्ण इलेक्ट्रिसियनहरुले लाभ लिन सक्ने गरी ल्याउँदै छौ । 
 
साथै हामीले इलेक्ट्रिसियन भलाई कोष संचालन गर्न कार्यविधि तयार भएर लागु गरिसकेका छौ । यसमा आवद्ध भएका सदस्यले प्रतिमहिना रु ५ सय जम्मा गर्नुपर्नेछ उनिहरुले विना धितो एक लाख सम्म ऋण लिन, परिवारको सदस्य मृत्यु हुदा रु २५ हजार अनुदान र अर्को स्वयम् इलेक्ट्रिसियनको मृत्यु भएमा एक लाख अनुदान, इलेक्ट्रिसियन विरामी भएमा कार्यसमितिले निर्णय गर्नेगरी २५ प्रतिशत देखी शतप्रतिशत सम्म औषधी खर्च व्यहोर्ने छ साथै इलेक्ट्रिसियनका छोरा छोरीलाई इलेक्ट्रिसियन इन्जिनियर पाउने भएमा एक लाख पचास हजार र इलेक्ट्रिकल ट्रेड कोष पढाउन चाहेमा पचास हजार अनुदान स्वरुप प्रदान इलेक्ट्रिसियन भलाई कोष हुनेछ ।
 
भर्खरै  इलेक्ट्रिसियनहरुलाई तालिम प्रदान गर्नुभएको छ यो कस्तो खालको तालिम हो यो विषयमा प्रष्ट परिदिनुहोस् न ?

यो तालिम नेपाल सरकार र स्वीज सरकारको आर्थिक सहयोग र सिटिईभीटीको प्राविधिक सहयोगमा इन्सेट प्रोजेक्ट अन्तर्गतको कार्यक्रम हो । यस अन्तगर्त हामीले पहिलो चरणमा सुर्खेत जिल्लामा ४० जना, कैलाली जिल्लामा ४० जना र बाँके जिल्लामा १४० जना गरि जम्म २४० जना इलेक्ट्रिसियनहरुलाई स्तरवृद्धिको तालिम प्रधान गरेका छौ । 
यसका अतिरिक्त सुर्खेत जिल्लामा इलेक्ट्रिसियनहरुको समुह बनाई कर्णाली प्रदेश इलेक्ट्रिसियन एसोसियशन गठन गराइदिएका छौ । जल सो क्षेत्रका सम्पूर्ण इलेक्ट्रिसियनहरुको आवाज बुलन्द गर्ने छ । साथै धनगढीमा पनि तदर्थ समिति छिटै गठन गर्ने प्रक्रियामा छौ । 
 
संघको भावि योजनाहरु के कस्ता छन् ?

हाल मैले दोस्रो कार्यकाल सम्हालिरहेको छु । पहिलो कार्यकालमा कोरोना महामारीले खास काम गर्न असहज भयो । सो समयमा पनि आपत्कालिन अवस्थामा रहेका केही इलेक्ट्रिसियन आर्थिक सहयोगका साथै लकडाउनका कारण बाटोमा विचल्लि परेका मानिसहरु लाई गन्तव्यमा पुग्न सहज हुनेगरी खाद्य सामग्री वितरण गरेका थियौं । अबको समय भने कोरोना महामारी धेरै नै कमी आएको छ । यसैले पनि हामीलाई काम गर्न केही सहज भएको म आफुले पनि महसुस गरेको छु । अबको मेरो उद्येश्य भएको इलेक्ट्रिसियन आफुपनि मजबुद हुदै संघलाई पनि मजबुद बनाउन तिर केन्द्रित हुने सोच छ । जसको लागि संघको आफ्नै कार्यलय भबन होस् भन्ने हो ।
 
हामीले हाम्रो क्षेत्रमा इलेक्ट्रिसियन पेशालाई मर्यदित बनाउन ज्याला निर्धारण गरेका छौ यसको कार्वन्वयलाई अझ बढाउन तिर संघ लाग्ने छ ।
अर्को भनेको नगरपालिका भित्र घर निर्माण हुदाँ र मिटर जडान गर्दा इलेक्ट्रिसियन नक्सा विना कार्य गर्न नहुने भन्ने हाम्रो भनाई छ यसको लागि हालै निर्वाचित हुनुभएका नगरपालिका प्रमुखसँग कुरा राखेका छौ यो विषयमा उहाँ पनि सकारात्मक हुनुहुन्छ ।

प्रतिक्रिया