भर्खरै

४८० मेगावाट क्षमताको फुकोट–कर्णालीको इआइए अन्तिम चरणमा

  • प्रकाशित मिति : बिही, जेठ २६, २०७९
  • - रासस
title
मान्म, २६ जेठ । अर्धजलाशययुक्त फुकोट–कर्णाली जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआइए) अन्तिम चरणमा पुगेको छ । 
 
विद्युत् उत्पादन कम्पनीले तयार पारेको ईआइए प्रतिवेदन ऊर्जा मन्त्रालयले स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पठाएको हो । ४८० मेगावाट क्षमताको फुकोट–कर्णाली जलविद्युत् आयोजनाले ईआइए स्वीकृति माग गरेको हो । 
 
सम्भाव्यता, डिटेल डिजाइन तथा बिडिङ डकुमेन्ट लगायतका काम सकिसकेको र इआइए रिपोर्ट स्वीकृति हुने क्रममा रहेको जलविद्युत आयोजनाका प्रमुख हीरामान वाइबाले बताए । उनले भने, “अब लगानीको मोडालिटी टुङ्ग्याउन पाए निर्माणको काममै जान सक्छौँ ।”
 
आयोजनाले सर्वेक्षण अनुमति पाएको भए पनि उत्पादनका लागि लाइसेन्स लिन बाँकी रहेको आयोजनाका प्रमुख वाइवाले बताए । “आउँदो असार महिनामा उत्पादन लाइसेन्सका लागि आवेदन दिने योजना रहेको छ”, उनले भने, “आयोजनाले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए)का लागि पनि नेपाल विद्युत् प्राधिकरणमा आवेदन दिएको छ ।”
 
फुकोट–कर्णाली जलविद्युत् आयोजनाबाट कालीकोटको पचाल झरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र खाँडाचक्र नगर प्रभावित क्षेत्र हुनेछन् । यस आयोजनाको मुख्य बाँध सान्नी त्रिवेणी गाउँपालिका–३ मा हुने जनाइएको छ । 
 
तिला कर्णालीद्वारा हाइड्रोपावर इञ्जिनीयरिङ अध्यापन

कालीकोटको तिला कर्णाली बहुमुखी क्याम्पसमा हाइड्रोपावर इञ्जिनीयरिङ विषय अध्यापन हुने भएको छ । तिला कर्णाली बहुमुखी क्याम्पसका भौतिक संरचना निर्माण भएलगत्तै हाइड्रोपावर इञ्जिनियरिङ विषय पढाइ हुने जनाइएको छ । 
 
तत्काल भौतिक संरचना निर्माणको थालनी भइसकेकाले संरचना निर्माणलगत्तै क्याम्पसमा हाइड्रोपावर इञ्जिनियरिङ विषय क्षिक्षण गरिने मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले बताए । “कालीकोट जिल्ला जलविद्युत्को सम्भावना रहेको स्थान हो” उनले भने, “तिला कर्णाली बहुमुखी क्याम्पसको भौतिक संरचना तयार हुने वित्तिकै हाइड्रोपावर इञ्जिनियरिङ विषय पढाइ हुनेछ ।”
 
सिंहले कालीकोटजस्तो दुर्गम ठाउँमा हाइड्रो इञ्जिनियरिङ पढाइका लागि सहज गराउन आफु लागिपर्ने बताए । उनले स्थानीय तहले शिक्षा क्षेत्रमा ३० प्रतिशत बजेट बिनियोजन गर्नुपर्ने आवश्यकता औंल्याए । क्याम्पसका प्रमुख रुद्धप्रसाद सापकोटाले शिक्षा क्षेत्रको विकासका लागि क्याम्पसले महत्वपूर्ण योगदान दिएको दावी गरे । 
 
“हामीले दक्षजनशक्ति उत्पादन गर्नका लागि महत्वपूर्ण योगदान दिएका छौँ” उहाँले भन्नुभयो, “सबैको सहयोग भएमा हामीले जिल्लामै नै अझ शिक्षामा नयाँ आयाम थप्न सक्छौँ ।” उहाँले क्याम्पसमा नयाँ सङ्कायका विषय अध्यापन गराउन तयारी थालेकाले सरोकारवालाबाट सहयोगको अपेक्षा गरे । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago