भर्खरै

संघले प्राविधिक एंव कर सम्बन्धि तालिम आयोजना गर्दै

  • प्रकाशित मिति : शुक्र, जेठ २७, २०७९
  • - विद्युत संसार संवाददाता
title
काठमडौं २६ जेठ । काठमाडौं विद्युतीय व्यवसायी संघले आधारभूत प्राविधिक एंव कर सम्बन्धि तालिम आयोजना गरेको छ । संघले आउँदो असार ४ गते शनिबार विद्युतीय व्यवसायमा आवद्ध व्यवसायीहरुलाई लक्षित गरि सो कार्यक्रम आयोजना गरेको हो । 
 
संघले आज एक सूचना जारी गर्दै उद्यमी एवम् व्यावसायीहरुलाई आवश्यक पर्ने आधारभूत प्राविधिक तालिम लिन सूचना मार्फत आग्रह समेत गरेको छ । 
 
तालिम तथा गोष्ठी आयोजक समितिका संयोजक रेवती रमण पौडेल (आत्माराम) द्धारा निकालिएको सुचनामा भनिएको छ ‘काठमाडौं विद्युतीय व्यवसायी संघमा आबद्ध उद्यमी एवम् व्यावसायीहरुलाई आफ्नो व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने आधारभूत प्राविधिक जानकारी प्रदान गर्दै आर्थिक बर्ष २०७९÷०८० को बजेटले व्यवसाय सञ्चालनमा गरेको व्यवस्था सम्बन्धि अन्तक्र्रियात्मक आधारभूत प्राविधिक एंव कर सम्बन्धि तालिम कार्यक्रमको आयोजना गर्न लागेको जानकारी गराउर्दै उक्त कार्यक्रममा यहाँको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ ।’
 
कार्यक्रम असार ४ गते शनिवार सूर्य क्याटरिङ्ग, धुम्बाराही काठमाडौंमा विहान ११ बजे देखि दिउँसो ३ बजेसम्म सञ्चानल हुने संघले जनाएको छ ।  अन्तक्र्रियात्मक आधारभूत प्राविधिक एंव कर सम्बन्धि तालिम कार्यक्रममा सहभागी हुन नाम रजिष्ट्रेशन अन्तिम मिति असार १ गते बुधबार कार्यलय समय भित्र सम्ममा गर्न सकिने संघद्धारा प्रकाशित सूचनामा उल्लेख छ ।
 
हेर्नुहोस् संघले प्रकाशित गरेको सूचना
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago