भर्खरै

डेढ वर्षभित्र काठमाडौँको विद्युतीय तार ‘अन्डरग्राउन्ड’ हुने मेयर शाहको भनाई

  • प्रकाशित मिति : आइत, जेठ २९, २०७९
  • - विद्युत संसार साप्ताहिक
title

काठमाडौँ, जेठ । स्वतन्त्र उम्मेदवारबाट हालैसालै निर्वाचित काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले अबको डेढ वर्षभित्र काठमाडौँ महानगर क्षेत्रमा विद्युतका तार ‘अन्डरग्राउन्ड’ हुने बताएका छन् ।
 
महानगर कार्यपालिकाको दोस्रो बैठकमा मेयर शाहले सडक, विद्युत् र खानेपानीका प्रमुखलाई राखेर आयोजना गरेको बैठमा उनले यस्तो बताएका हुन् । 
 
उनले भने अब हरेक महिनाको पहिलो सोमबार सडक, विद्युत्, खानेपानी लगायतका निकायका प्रमुखसँग बैठक आयोजना गछौं र बैठकपछि एक आपसबीच सहकार्यको गरी कामको समीक्षा पनि गरेर अगाडि बढ्छौं । सडक, खानेपानी, विद्युत् प्राधिकरण लगायतका निकायले गरेका कामको अनुगमन महानगरले गर्ने र एकीकृत योजनाका अनुसार ती सबै निकायले समन्वयात्मक ढङ्गले काम गर्ने प्रमुख शाहले बताए ।

प्रतिक्रिया