भर्खरै

जोखिमपूर्ण विषयमा किन नजरअन्दाज ?

  • प्रकाशित मिति : बुध, असार १, २०७९
  • - विद्युत संसार
title
काडमाडौं असार । योजनाबद्ध विकासमा मुलुक लागेको दशकांै पुग्दा पनि विकासले सही बाटो पहिल्याउन नसक्नु विडम्बनापूर्ण हो । यसको मूख्य उदाहरण डोजरे विकासलाई लिन सकिन्छ । साँच्चै कुनै अध्ययन र योजना विना नै सरकारी रकमको दुरुपयोग गरी डाँडा डाँडामा डोजर लगाएर गरिने विकासले कुनै अर्थ दिदैन किनकी जहाँ डोजर लगाएर बाटो निर्माण गरिएको छ त्यहाँका गाउँ बस्ति जोखिममा हुन्छ साथै वातावरणलाई समेत असर पु¥याएको हुन्छ । देशका जनप्रतिनिधिहरु आफंै नै डोजर मालिक भएर गरिदंै आएको विकास त झनै भ्रष्ट्राचार बढाउने देखि अव्यवस्थित विकास हुन्छ । 
 
विकासको विकृतिको स्पष्ट तस्विर देखाउने खालका गाउँ गाउँका विकासले आजभोली वर्खायममा बाढी पहिरोको जोखिम पनि बढाएको छ । यस्ता विकासमा सरकारको ध्यान किन जान सक्दैन ? आजको प्रश्न बनेको छ । विद्युत संसार साप्ताहिक पत्रिकामा अघिल्लो अंकको पहिलो पृष्ठमा छापिएको प्राधिकरणको समाचारले त विकासमा कति सम्म चुकेका रहेछौ भन्ने प्रश्न उजागर गराएको छ । तीन वर्ष देखि ट्रान्सर्फमर अलपत्र अवस्थामा राखिएको छ । तीन वर्षअघि नै प्रयोगमा ल्याउनु पर्ने सो ट्रान्सर्फमर जग्गा विवादकै कारण राख्न नसकिएको बताउँदै आएको प्राधिकरण र जनप्रतिनिधिले आखिर सो विवाद कहिले टुङगोमा पुग्छ थाहा छैन् । केही विवाद भएता पनि समाधान पनि हुन्छ नै तर तीन तीन वर्ष देखि लाखौ रकम खर्च गरेर लगेका यस्ता सामग्री बेवारिसे अवस्थामा हुनुले गाउँ गाउँको विकासको अवस्थालाई छर्लङ्ग बनाएको छ ।
 
अझै सो समाचारमा प्रकाशित काठेपोलको दुरावस्थाले त प्राधिकरणलाई नै प्रश्न खडा गराएको छ । किनकी प्राधिकरणले काठेपोल मुक्त गर्न धेरै वर्ष देखि अभियान सञ्चालन गर्दै आएको छ । जस अन्तगर्त गोरखाका फुजेल लगायत विभिन्न स्थानहरु काठेपोल मुक्त भएको छ भन्न जनप्रतिनिधिलाई समेत हतारो हुन्छ तर फुजेलको बीच्च भुभागमा करिव ५० घरले बिजुली बत्ति बाल्ने गरी प्रसारण भएको बिजुली काठेपोलको दुरावस्थाले गाउँको विकास र जनप्रतिनिधिको कामको चित्रण गरेको छ । यस्ता पोलले गाउँमा बिजुली बत्तिको गुणस्तरमा कमी मात्र होईन विद्युतीय जोखिम पनि उत्तिकै बढाएको छ । 
सो क्षेत्रमा बिजुलीका फलामे पोल नपुगेको भने होईन केही स्थानमा अझैपनि फलामे पोल विना प्रयोग अलपत्र अवस्थामा रहेका छन् । तर यस्ता ठाउँमा फलामे पोल प्रयोगमा ल्याउन जनप्रतिनिधिसँगै स्थानीयको पनि चासो हुनुपर्दछ । साथै विद्युत क्षेत्रको विकास र प्रवद्र्धधन गर्न निकाय नेपाल विद्युत प्राधिकरणले पनि यस्ता विषयमा चासो दिदै समय समयमा अनुगमन गर्न आवश्यक छ । 
 
यस्ता विषयमा नजरअन्दाज गर्दा विभिन्न स्थानमा विभिन्न खालका घटना भएको हामीले प्रायः सुनने गरेको छौ । यसैले भोली सो क्षेत्रमा कुनै विद्युतीय दुर्घटना भएमा त्यसको जिम्मेवारी कसले लिने त्यसैले सो ठाउँमा मात्र नभएर विद्युतीय उपभोग गर्ने सबै क्षेत्रमा यस्ताखालका असुरक्षित तरिकाले विद्युत प्रसारण भएका छन् भने सो क्षेत्रका स्थानीय, जनप्रतिनिधिहरु र स्वयम् प्राधिकरणको पनि छिटो ध्यान जान जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago