भर्खरै

बरेङ गाउँमा विद्युत् विस्तार

  • प्रकाशित मिति : बुध, असार १, २०७९
  • - रासस
title

बलेवा, १ असार . जिल्लाको बरेङ गाउँपालिकामा नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय प्रसारण लाइन विस्तार गरेको छ । केन्द्रीय प्रसारण लाइनको पहुँचमा नरहेका बरेङ–१ ओखरेनी माझगाउँ, थुम, लुङदी चौडिला, सोलथापा, गडेल गाउँहरुमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको हो । 
 
सामुदायिक विद्युतीकरणमार्फत केन्द्रीय प्रसारण लाइन नपुगेका गाउँहरुमा विद्युत् पु¥याइएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरण, बरेङ धुल्लुबास्कोट उपभोक्ता समितिका अध्यक्ष छत्रबहादुर थापाले विद्युत्को स्विच थिचेर विद्युतीस्करणको उद्घाटन ग/]sf lyP ।
 
“स्थानीय खोलामा रहेको पावर हाउसबाट उत्पादित बिजुलीले धिपधिपे बत्ती मात्रै बल्थ्यो,” उgले भg], “अब राइसकुकरमा खाना बन्छ, स–साना कलकारखा चलाउन सहज हुन्छ ।” यसअघि स्थानीयवासीले पालुङखोलाबाट लघु जलविद्युते्को विद्युत् उपभोग गर्दै आएका थिए ।
 
लघु जलविद्युत् उपभोग गर्दा बिहान–बेलुका बत्ती मात्रै बालिरहेकामा अब भने ११ केभिए प्रसारण लाइनबाट वडाका ११० घरधुरीले केन्द्रीय विद्युत्को उपयोग गरेका अध्यक्ष थापाले बताP । केन्द्रीय विद्युत् पुगेपछि घरेलु उद्योग कलकारखनालगायत विद्युतीय उपकरण सञ्चालन गर्न सकिने हुँदा आफूहरु खुसी भएको स्थानीयवासी रेशम थापाले बताP ।
 
त्यस्तै वडा नं १ कै छाप, उर्लेनी, जमाने, ठाकुरचौर, गुवाडी र तल्लो गडेलका बस्तीमा तुरुन्तै विद्युतsf] पह'Fच पु¥याइने पनि अध्यक्ष थापाको भनाइ छ । बरेङका कतिपय गाउँहरुमा अहिले पनि केन्द्रीय प्रसारण लाइनको पहुँच पुगेको छैन । आगामी पाँच वर्षमा सबै गाउँमा केन्द्रीय लाइनको पहुँच विस्तार गरिने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्र्माले बताए । 
 
“उज्यालो नभएको होइन साना लघुजलविद्युत् आयोजनाहरुको विद्युत् पुगेका गाउँहरुमा पनि केन्द्रीय प्रसारण लाइन पु¥याउने योजनामा छौँ,” उgले भg], “काठका पोल विस्थापन गरेर फलामे पोल राख्ने काम पनि द्रुत गतिमा भइरहेको छ ।” 

प्रतिक्रिया