भर्खरै

चौपाया व्यवस्थापनका लागि बायो ग्यास प्लान्ट

  • प्रकाशित मिति : आइत, असार ५, २०७९
  • - रासस
title
भजनी, ५ असार । कैलालीमा छाडा पशु चौपायाका कारण किसान निकै आजित छन् । छाडा चौपायाले लगाएको अन्नबाली नष्ट गर्न थालेपछि किसान निकै आजित भए भएपछि समस्या समाधानका लागि स्थानीय पालिकाले धेरै प्रयत्न पनि गरे पनि तिनले सार्थकता पाउन सकेकेको थिएन । 
 
छाडा पशु चौपाया व्यवस्थापनका लागि स्थानीय निकायबाट थुप्रै विकल्पको खोजी गरिरहँदा टीकापुर नगरपालिकाले भने छाडा चौपाया व्यवस्थापन गरेको क्षेत्रमा बायो ग्यास प्लान्ट जडान गरेको छ । नगरपालिकाभित्रका छाडा चौपायालाई वडा नं २ स्थित खोटेना भिराखानी छाडा वनमा व्यवस्थापन गरिँदै आइएको छ । 
 
त्यस क्षेत्रमा नगरपालिकाले चौपायाको गोबरबाट बायो ग्यास उत्पादन गरी स्थानीय विपन्न परिवारलाई वितरण गर्न लागेको छ । प्लान्टको सम्पूर्ण काम सम्पन्न भएर स्थानीयवासीको घर–घरसम्म पाइपलाइन जडानको कामसमेत सम्पन्न भइसकेको छ । “प्लान्टको सम्पूर्ण काम सम्पन्न भइसकेको छ । अहिले निर्माण कम्पनीले परीक्षणको काम गरिरहेको छ ।” नगरपालिकाका इञ्जिनीयर नवराज जोशीले भने, “अर्को आर्थिक वर्षको पहिलो महिनादेखि नै स्थानीयवासीले सहुलियत दरमा ग्याप प्राप्त गर्ने छन् ।”
 
नगरपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको संयुक्त लगानीमा नेपाल ऊर्जा विकास कम्पनीले रु एक करोड ६० लाखको लागतमा आर्थिक वर्ष २०७६÷७७ भदौदेखि प्लान्ट निर्माण सुरु गरेको थियो । 
 पचपन्न घरधुरीलाई नगरपालिकाले खाना पकाउनका लागि उक्त बायो ग्यास स्थानीयवासीको घर–घरमा  पु¥याएको छ । यसबाट नगरपालिकाभित्रका छाडा चौपायाको  व्यवस्थापन हुने र स्थानीयवासीले ग्यास प्राप्त गर्नाका  साथै खेतको लागि प्राङारिक मलसमेत उत्पादन हुने इञ्जिनीयर जोशीले बताए ।
  
 नगरपालिकाले उक्त बायो ग्यास प्लान्टबाटै फोहरको व्यवस्थापन गर्ने तयारीसमेत गरेको छ । बजार क्षेत्रबाट सङ्कलन भएको सड्ने फोहरलाई ग्यास उत्पादनमा प्रयोग गर्ने र बाँकीलाई मल बनाएर किसानलाई सहुलियतमा वितरण गर्ने योजना रहेको नगर प्रमुख रामलाल डगौंरा थारुले बताए  ।
 
 “अब प्लान्टबाट ग्यास उत्पादन सँगसँगै प्राङ्गारिक मल उत्पादन पनि हुने छ । ग्यासको लागि चौपायाको बढी भन्दा बढी आवश्यकता पर्ने भएकाले त्यसलाई रोजगारीसँग जोडेर गाईबाट उत्पादन भएको दूधलगायत बस्तुको बजारीकरणका लागि डेरी सञ्चालन गर्ने सोचसमेत बनाएका छौँ ।” उनले भने, “एकातिर चौपाया व्यवस्थापन पनि हुने र अर्कोतिर विपन्न परिवारले सहुलियतमा ग्यास पनि पाउने भएकाले पनि यो आयोजनालाई नगरपालिकाले विशेष महत्वका साथ लिएको छ ।”
 
दुई सय घनमिटर क्षमताको बायो ग्यास प्लान्टले उत्पादन सुरु गरेपछि आसपासका स्थानीयवासीले दाउराको लागि गर्दै आएको वन विनाशको क्रम रोकिने विश्वास नगरपालिकाको  छ । 
 
बायो ग्यास उत्पादनका लागि छाडा चौपायाको व्यवस्थापनमा नगरपालिका जिम्मेवार हुने भएपछि किसान पनि खुशी भएका छन् । विगतका वर्षमा छाडा चौपाया व्यवस्थापनका लागि लाखौं खर्च गरिए पनि किसानले लगाएको अन्न बाली चौपायाबाट बचाउन सकिएको थिएनन् ।
 
“छाडा चौपाया व्यवस्थापन भएको स्थानबाट दुई सय मिटर नजिकै मेरो खेत छ । रातिको समयमा गौशालाबाट चौपाया आएर बाली नष्ट गर्न थालेपछि मैले खेती लगाउन नै छोड्नुपर्यो ।” किसान विक्रम चौधरीले भने, “चौपायाकै त्रासका कारण खेतमा तारबार गर्नुपर्यो । अनि मात्रै खेती बचाउन सकिएको छ ।” उनले आफू मात्रै छाडा चौपायाबाट पीडित नभएको बताउँदै अधिकांश किसान आजित भइसकेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago