भर्खरै

विद्युत् महसुलमा उपभोक्तालाई छुट

  • प्रकाशित मिति : बुध, असार ८, २०७९
  • - रासस
title
रामपुर, ८ असार । विद्युत् महसुलमा पाल्पाको तानसेन नगरपालिकाले छुट दिने भएको छ । आव २०७९÷८० का लागि नीति तथा कार्यक्रम पारित गर्दै एघारौँ नगरसभामा नगरपालिकाले आगामी वर्षमा उपभोक्ताको २० युनिटसम्मको विद्युत् महसुल भुक्तानी गरिदिने भएको हो । यसका लागि आवश्यक कार्यविधि बनाएर लागू गरिने नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए ।
 
समुदायबाट सञ्चालित लिफ्ट खानेपानी आयोजनामा खपत हुने विद्युत् महसुलमा २५ प्रतिशत अनुदान दिने बताइएको छ । राजस्व सङ्कलनको अवस्थाका आधारमा वडालाई बजेट विनियोजनमा प्राथमिकता दिने, विपन्न नागरिकलाई न्यूनतम विद्युत् महसुलमा छुट दिने, लिफ्टिङ् खानेपानी योजनामा उपभोक्तालाई महसुलमा छुट दिने, तानसेनको फोहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउन अध्ययन तथा कार्य गर्ने नगरपालिकाले जनाएको छ । 
 
विगतमा अगाडि बढाइएको छोरी शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने, एक वडा एक किलोमिटर सडक विस्तारलाई निरन्तरता दिने, ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य पहुँच पु¥याउन स्वास्थ्य केन्द्र सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ । विगतको अधुरा योजना र केही नयाँ योजनालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको नगरप्रमुख श्रेष्ठले बताए ।
 
 कृषि पशुपालनलाई प्राथमिकतामा राखेर दूध र मासुमा नगरलाई आत्मनिर्भर बनाउने नगरपालिकाको योजना छ । नगरभित्रका आर्थिक रुपले पछि परेका, विपन्न समुदाय बोटे, माझी समुदायको आर्थिक विकासका लागि छुट्टै कार्यक्रम ल्याउने घोषणा गरिएको छ । पाल्पाली ढाका र करुवाको विकास तथा प्रवद्र्धन गर्ने नगर उपप्रमुख प्रतिक्षा सिञ्जालीले बताए ।
 
 कृषि पशुपालन गर्ने किसानलाई एकल वा सामूहिक रुपमा अनुदान साझेदारी कार्यक्रम सञ्चालन गर्ने, उर्वरभूमिको संरक्षणका लागि भूमिको वर्गीकरण गर्ने, कृषियोग्य जमिनमा संरचना बनाए त्यसको राजस्व दोब्बरले वृद्धि गर्ने, विभिन्न अपाङ्गता भएका व्यक्तिलाई मासिक भत्ता दिने लगायतका नीति तथा कार्यक्रम नगरपालिकाले बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago