भर्खरै

बूढानीलकण्ठ क्षेत्रको विद्युत् आपूर्ति बन्द

  • प्रकाशित मिति : बुध, असार १५, २०७९
  • - विद्युत संसार
title
काठमाडौँ, १५ असार  । बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित चपली सबस्टेशनको पावर ट्रान्सफर्मरमा समस्या आएको छ । सबस्टेशनमा रहेका १०/१० एमभिए क्षमताका तीनवटा ट्रान्सफर्मरमध्ये एउटामा आज बिहान ५ बजेतिरबाट समस्या देखिएको हो ।
 
ट्रान्सफर्मरमा समस्या आउँदा टोखा, मण्डीखाटार, बाँसबारी, धापासी हाइट, बूढानीलकण्ठ, तारेभिर, झोर लगायतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द छ । उक्त ट्रान्सफर्मरबाट पाँचवटा फिडर निकाली ती क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको थियो ।
 
नेपाल विद्युत् प्राधिकरण महाराजगञ्ज वितरण केन्द्र प्रमुख प्रज्वलमान श्रेष्ठले सम्भव भएका स्थानमा अन्य सबस्टेशनबाट वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति गरिएको जानकारी दिए ।
 
उहाँका अनुसार, समस्या देखिएको ट्रान्सफर्मरलाई हटाएर जगेडामा रहेको ट्रान्सफर्मर जडान गर्न लागिएको छ ।  नयाँ ट्रान्सफर्मर जडान जतिसक्दो छिट्टो सम्पन्न गरी विद्युत् आपूर्ति सञ्चालन गर्न टोली परिचालन भएको श्रेष्ठले बताए ।
 
यस्तै, प्राधिकरणको बलम्बु फिडरअन्तर्गत प्रवाह हुने बिजुलीमा समेत सामान्य पानी पर्ने बित्तिकै समस्या हुने गरेको छ । विशेषगरी चन्द्रागिरि नगरपालिका–१, २ र १२ मा बढी समस्या देखिने गरेको छ । समस्या समाधानका लागि पटकपटक स्थानीयवासीले प्राधिकरणको बलम्बु फिडरलाई आग्रह गरे पनि प्रभावकारी सुनुवाइ नगरेको गुनासो गरेका छन् । कुलेश्वर वितरण केन्द्र मातहत रहने गरी बलम्बु फिडरले काठमाडौँको पश्चिम क्षेत्रको बिजुली प्रवाहको व्यवस्थापन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago