भर्खरै

विद्युतका पोल ढालेपछि त्रियुगा र चौदण्डीगढी नगरक्षेत्र अन्धकार

  • प्रकाशित मिति : मंगल, असार २१, २०७९
  • - रासस
title
उदयपुर, २१ असार । जिल्लाकोे त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा गत शनिबार आएको बाढीले विद्युत्का पोल ढालेपछि ती नगर क्षेत्र सहित अन्य गाउँ अन्धकारमय बन्न पुगेका छन् ।
 
त्रियुगा –२ लुहालेखोलामा आएको बाढीले विद्युत् पोल ढालेपछि अहिले नगरको वडा नं १ जोगीदह, २ को खैजनपुर र ३ को मोतीगडा, चाप, भुल्के गाउँ अन्धकारमय बन्न पुगेका छन् । भुल्केका स्थानीय ईश्वरीप्रसाद भट्टराईले पटक–पटक विद्युत् प्राधिकरणलाई   ध्यानकर्षण गराउँदा पनि अहिलेसम्म पोल मरतमत नभएको बताए । 
 
शनिबारकै  वर्षाको कारण बाढीले चौदण्डीगढी –१ र २ तथा ५, ९ र १०  वडा जोड्ने विद्युत् पोल ढालेको थियो ।  चौनपा–२ रानीवासका स्थानीय तेजेन्द्र कार्की भन्नुहुन्छ, “चार दिनदेखि निरन्तर अन्धकारमा बस्दै आएका छौँ, विद्युत् प्राधिकरणलाई पटक–पटक पोल मर्मत गर्न अनुरोधसमेत गरेका छौँ तर अहिलेसम्म बिजुली बलेको छैन ।”
 
विद्युत् प्राधिकरण गाईघाटका इञ्जीनियर सत्यनारायण साह भन्नुहुन्छ, “बाढीले धेरै पोल ढालेर क्षति पु¥याएको छ, दिनरात आफूहरूको थोरै जनशक्तिले खटेर तीव्ररूपमा काम गरिरहेका छौँ ।” ती क्षेत्रका स्थानीयवासी मोबाइल चार्ज गर्न अन्यत्र गाउँ गइरहेका छन् । 
 
करेन्ट लागेर मृत्यु
 
त्रियुगा नगरपालिका–८ देउरीमा एक पुरुषको मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट लाग्दा मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका देउरीका ६५ वर्षीय मन्तु चौधरीको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक मोहन थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago