अर्थमन्त्रीद्वारा राजीनामा
- प्रकाशित मिति : बुध, असार २२, २०७९
- - विद्युत संसार संवाददाता

काठमाडौँ, २२ असार । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । उनले बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न आफूले राजीनामा गरेको घोषणा गरेका छन् ।
आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताको प्रश्न उठेपछि संसदमा उनको राजीनामा मागिएको थियो । यस विषयमा छानबिन गर्न आजै संसदीय विशेष समिति गठन गरिएको छ ।