भर्खरै

विद्युत् सेवा नपुगेको उत्तरी नाम्खामा सोलार मिनी ग्रिडबाट विद्युत् उत्पादन सुरु

  • प्रकाशित मिति : बिही, असार २३, २०७९
  • - Admin
title

हुम्ला, २३ असार । हालसम्म विद्युत् सेवा नपुगेको उत्तरी नाम्खा गाउँपालिका–५ को यारीमा सोलार मिनी ग्रिडबाट विद्युत् उत्पादन सुरु भएको छ । मिनी ग्रिड स्थापना भएको स्थानमा सोलार प्यानल जडानपछि विद्युत् उत्पादन भएको हो । 

ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना तेस्रो चरणका जिल्ला सल्लाहकार वीरेन्द्र थापाले सो मिनी ग्रिडबाट ५० किलोवाट विद्युत् उत्पादन भएको बताउनुभयो । उहाँले विद्युत् उत्पादन भएर १७ भन्दा बढी घरधुरीलाई विद्युत् वितरण गरिएको र बाँकीलाई वितरण जारी राखिएको जनाउनुभयो । यसका लागि बाहिरबाट आवश्यक पर्ने निर्माण सामग्री र जडान गर्ने दक्ष कामदार निर्माणस्थलमा खटाइएको छ । 
 
उक्त मिनी ग्रिड निर्माण भएर सञ्चालनमा आएपछि यसअघि सोलार टुकीबाट बत्ती बाल्दै आएका बासिन्दाले पहिलो पटक विद्युत् उपभोग गर्न पाएका छन् । मिनी ग्रिडबाट उत्पादन भएको विद्युतले यारी गाउँका ६६ घरधुरीले उपभोग गर्नेछन् । गत भदौमा मिनी ग्रिड निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता भएको र हिमपातका कारण बीचको समयमा काम रोकिएको थियो ।
 
यसका लागि गाउँपालिकाले २० प्रतिशत, उपभोक्ताबाट १० प्रतिशत र आयोजनाबाट ७०  प्रतिशत लागत साझेदारी गरी तीन करोडको लागतमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।  यता नाम्खा गाउँपालिका–५ कै हिल्साको सो मिनी ग्रिडका लागि सामग्री लैजाने काम भइरहेको छ ।
गोरखापत्र अनलाइन

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago