भर्खरै

दोर्दी –१ जलविद्युत आयोजनाको काम ९९ प्रतिशत सकियो

  • प्रकाशित मिति : आइत, असार २६, २०७९
  • -
title

काठमाडौं, असार ।  दोर्दी–१ जलविद्युत् आयोजनाको निर्माण कार्य करिव करिव अन्तिमचरणमा पुगेको छ । दोर्दी खोला जलविद्युत् कम्पनीले निर्माण गरेको यस आयोजनाको निर्माण कार्य ९९ प्रतिशत सम्पन्न भएको हो । 
आयोजना प्रमुख उज्जवल सिलवालका अनुसार आयोजनाको अधिकांश काम सम्पन्न गरिसकेको र अब नाली बनाउने, केही भागमा सफा गर्ने कार्यमात्र बाँकी रहेको बताए । उनले भने बिजुली उत्पादनका लागि यी कामले असर नगर्ने तर मस्र्याङ्दी कोरिडोर अन्तर्गतको निर्माणाधीन २२० केभी उदिपुर–मार्कीचोक–भरतपुर डबल सर्किट प्रसारण लाइनको उदिपुरदेखि मध्यमस्र्याङ्दी खण्डको छ किलोमिटर खण्डमा तार तान्ने काम सम्पन्न भइनसक्दा बिजुली परीक्षण गर्न समस्या भइरहेको छ । 
सम्बन्धित निकायसँग बुझ्दा एक हप्ताभित्र प्रशारण लाइनको काम सम्पन्न हुने भनिएको छ । “यदि एक हप्ताभित्रमा सम्पन्न भएमा सो पश्चात् हामी १० दिन जति बिजुली उत्पादन परीक्षण थाल्छाँै, त्यसमा सफल भएमा साउनबाटै बिजुली उत्पादन हुने छ”, उनले भने ।
आयोजनाबाट उत्पादन हुने विद्युत दोर्दी कोरिडोरको कीर्तिपुर सबस्टेसनमा लगेर जोडिनेछ । यस आयोजनाले पेनस्टक पाइप, बाँध, आयोजनाको ७१५ मिटर लामो अर्को पेनस्टक पाइप जडानको काम, विद्युतगृहको सिभिल संरचनाको काम पनि सम्पन्न भइसकेको जनाएको छ । 
 विसं २०७४ बाट थालनी गर्दै विसं २०७६ चैत महिनामा सक्ने आयोजनाको लक्ष्य थियो । दोर्दी खोलामा आएको बाढी, कोरोना संक्रमणका कारण लकडाउन लगायत विविध कारणले निर्धारित समयमा सम्पन्न हुन नसकेपछि पटक पटक म्याद थप गरिँदै आएको थियो । 
 
रु दुई अर्ब २९ करोडको लगानीमा निर्माण सक्ने रहे पनि आयोजनाको निर्माण अवधि लम्बिँदा उक्त रकमभन्दा करिब रु ३० करोड बढी लाग्ने अनुमान आयोजनाको छ । यस आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा चार रुपैयाँ ८० पैसा र सुक्खायामका लागि आठ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ ।

प्रतिक्रिया