भर्खरै

हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट

  • प्रकाशित मिति : मंगल, असार २८, २०७९
  • - विद्युत संसार
title

काठमाडौं, २८ असार । हिमालयन हाइड्रोपावरको लिमिटेले सर्वसाधारको लागि जारी गरेको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ ।
आज असार २८ गते, मंगलबार कम्पनीका धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आइपीओ बाँडफाँट गरेको हो ।
 
असार १५ गतेदेखि कम्पनी आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरेर बिक्री नभएको ६ लाख १८ हजार २५० कित्ता सहित कुल १९ लाख ६८ हजार २ सय ५० कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमा ९८ हजार ४१३ कित्ता सामुहिक लगानी कोषको लागि र ३९ हजार ३६५ कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याएर बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ताको सेयरका लागि सर्बसाधारणबाट आवेदन माग गरेको हो ।
 
उक्त आईपीओमा कुल १५ लाख ९५ हजार ५५४ आवेदकबाट १ करोड ७७ लाख ५४ हजार ३०० कित्ताका लागि आवेदन परेको थियो । जसमा १ हजार ६११ आवेदकको आवेदन रद्द भएर हुँदा १५ लाख ९३ हजार ७९६ आवेदन स्वीकृत भएको धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धक ग्लोल आईएमई क्यापीटलले जनाएको छ ।

प्रतिक्रिया