भर्खरै

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा घट्ने सम्भावना कम

  • प्रकाशित मिति : आइत, साउन १, २०७९
  • - विद्युत संसार
title
 काठमाण्डौ १ साउन ।  अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेसँगै भारतबाट पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ ।
 
भारतीय आयल कर्पोरेसन (आईओसी)बाट नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको भाउ घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।
 
१६ जुलाईमा भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलमा १५ रुपैयाँ ६० पैसा र डिजेलमा १६ रुपैयाँ मूल्य घटेको छ । घटेको मूल्यपछि पनि निगमलाई पेट्रोलमा १४ रुपैयाँ र डिजेलमा २२ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।
 
भारतबाट भाउ घटेर आए पनि अझै निगम घाटामा रहेकाले तत्कालै भाउ घट्ने सम्भावना नरहेको निगमले जनाएको छ ।
 
आयल निगमले अझै आईओसीलाई ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी भएको जनाएको छ । यो ऋण रकम तिर्न निगमले वाणिज्य बैंक र सरकारबाट झन्डै १० अर्ब ऋण लिन लागेको जनाएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय डलर आसपासमा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago