भर्खरै

फोहोर व्यवस्थापनमा महानगरको उचित कदम

  • प्रकाशित मिति : बुध, साउन ४, २०७९
  • - विद्युत संसार
title
काठमाडौं साउन । देशको राजधानी काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो समस्या फोहोर व्यवस्थापन रहेको छ । छोटो समयको लागि फोहोर फाल्न थालिएको सिसडोल ल्याण्डफिल साइट १७ वर्ष सम्म फालियो त्यसमा पनि अव्यवस्थित र लापर्वाहीका साथ । सिसडोल ल्याण्डफिल साइट भरिएसँगै काठमाडौंबाट जाने फोहोरलाई भने बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फाल्न थालिएको छ । केही समय स्थानियको अवरोध र आन्दोलनका कारण प्रभावित समेत भएको थियो हाल भने प्रभावित स्थानियको मागलाई सम्बोधन गर्दै काठमाडौ महानगरपालिका र विभिन्न निकाय बीच सहमति गर्दै सिसडोल ल्याण्डफिल साइटमा फोहोर नियमित लगिएको छ ।
 
विभिन्न अध्ययनका अनुसार कुहिने र नकुहिने फोहोर छुट्याउने हो भने बञ्चरेडाँडा ल्याण्डफिल साइटले १०० वर्षसम्म धान्न सक्छ । तर सिसडोलमा झै कुहिने र नकुहिने सबै फोहोर छ्यासमिस पारेर थुपार्ने हो भने २०÷२५ वर्षमै भरिन्छ । यसैले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहले साउन एक गते देखि कुहिने र नहुहिने फोहोर घरमा नै छुट्याएर मात्र फोहोर व्यवस्थापन गर्ने निर्णय गरे सोही अनुरुप साउन एक गते आइतबार देखि काठमाडौं उपत्यकाको फोहोर दुई तरिकाबाट उठाउँदैछ  । यो सकारात्मक निर्णय पनि हो ।  
 
फोहोरको समस्या यो सरकार, काठमाडौं महानगरपालिका मात्र होइन, उपत्यकाका हरेक घर परिवारको हो । यसैले यही साउन १ गतेदेखि काठमाडौंँ महानगरपालिकाको फोहोर व्यवस्थापनलाई दिगो तथा व्यवस्थित गर्ने कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्ने नियमलाई प्रभावकारी ढंगबाट कार्यान्वयनका साथ अगाडि लानु पर्दछ । जसको कारण फोहोर व्यवस्थापन काठमाडौंँ लगायत उपत्यकाका अन्य नगरपालिकाको समेत टाउको दुखाई र स्थानीयले भोग्नुपरेको सास्ती हट्ने छ ।
 
काठमाडौँ महानगरको नयाँ नेतृत्वसँगै अगाडि ल्याइएको यस नीतिले उत्सर्जन स्थलमा फोहोरको वर्गीकरण गर्नुपर्ने झन्झटमा सम्बद्ध पक्षलाई केही राहत मिल्नेछ । अर्कोतर्फ हामीकहाँ यसरी फोहोर छुट्याउने बानी नभएकाले तत्कालका लागि स्थानीयलाई केही असहज महशुस भए पनि समयसँगै यसमा अभ्यस्त हुनेमा विश्वस्त हुन सकिन्छ । महानगरले जुन व्यवस्था अहिले अभ्यास गरेको छ, यसले शहरी सफाइमा सकारात्मक प्रभाव पार्ने देखिएकाले यसलाई कडाइका साथ पालना गर्दै निरन्तरता दिनु आवश्यक देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago