भर्खरै

जलविद्युत उद्यमी शेरचनलाई ‘लाइफटाइम एचिभमेन्ट’अवार्ड

  • प्रकाशित मिति : बिही, साउन ५, २०७९
  • - विद्युत संसार
title
काठमाडौं ५ साउन। जलविद्युत उद्यमी तथा इन्जिनियर विजयमान शेरचनलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मान गरिएको छ । 
 
इन्जिनियर भई जलविद्युत तथा यातायात लगायतका क्षेत्रमा सक्रिय भएर राष्ट्रको समृद्धिमा योगदान पुर्याएको कदर स्वरुप नेपाल इन्जिनियरिङ एसोसिएशन (एनइए) ले मंगलबार ६०औं इन्जिनियर दिवसको अवसर पारेर शेरचनलाई यो अवार्डबाट सम्मान गरेको हो ।
 
अवार्डबाट सम्मानित भएपछि मन्तव्य राख्दै शेरचनले इन्जिनियरहरूको विशाल समूहमा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित हुन पाउँदा विश्वासै नलागेको बताए ।
 
‘रसियासम्म पुगेर उच्च शिक्षा हासिल गरी इन्जिनियर भई यतिका वर्ष काम गरेपछि यो अवार्ड पाउँदा निकै हर्सित भएको बताए । उनले निर्माण गरेका केही जलविद्युत आयोजना सञ्चालनमा छन् । १४.९ मेगावाटको माया खोला आयोजना निर्माणको अन्तिम चरणमा छ ।
 
शेरचन नेपालमा सफा टेम्पोको प्रविधि भित्र्याउने व्यक्ति पनि हुन् । उनले नेपाल आयल निगमको जिम्मेवारीमा रहेर पनि काम गरेका छन् । पछिल्लो समय उनी जलविद्युत क्षेत्रमा सक्रिय छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago