भर्खरै

मौद्रिक नीति सार्वजनिक हुने समाचारलाई शेयर बजारले स्वीकार गरेन, नेप्सेमा दोहोरो अङ्कको गिरावट

  • प्रकाशित मिति : शुक्र, साउन ६, २०७९
  • - विद्युत संसार
title
काठमाडौँ, ६ साउन । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक २७.२६ अङ्कले ओरालो लागेर दुई हजार १७.४६ मा ओर्लिएको छ ।
 
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्न लागेको समाचार सार्वजनिक भए पनि बजारले त्यसलाई स्वीकार नगरेको पाइएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ५.४० अङ्कले ओरालो लागेर ३८६.२४ मा ओर्लिएको छ । कूल २१२ कम्पनीको ३३ लाख २० हजार ५१२ कित्ता शेयर रु एक अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७७० मूल्यमा खरिद बिक्री भए ।
 
शुक्रबारको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब ८० अर्ब ८१ करोड २० लाख ४० हजार बराबर रहेको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै गिरावट भएको छ । बैंकिङ १५.१७, व्यापार ५०.३७, होटल तथा पर्यटन ५८।६३, विकास बैंक ७१.३५, जलविद्युत् ३५.७८, वित्त २७.८, निर्जीवन बीमा ३२.६५, उत्पादन ११२.८९, अन्य ३२.८२, लघुवित्त ४८.८५, जीवन बीमा १०९.६७, सामूहिक लगानी कोष ०.१७ र लगानी ०.८५ अङ्कले ओरालो लागेको छ ।
 
कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु २१ करोड दुई हजार ४७३ मूल्यमा कारोबार भयो । हिमालयन डिस्टिलरी रु छ करोड ८० लाख चार हजार ३२५, गुर्खाज फाइनान्स रु चार करोड ९५ लाख आठ हजार ४४४, नेपाल पुनरबीमा कम्पनी रु तीन करोड ८३ लाख आठ हजार २९० र अरुण काबेली पावरको रु तीन करोड ४२ लाख ४८ हजार ४६५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
 
नेप्सेका अनुसार, किसान लघुवित्त ८.४१, गणपति लघुवित्त ६.०७, नयाँ सारथी लघुवित्त ४.०१, सेन्ट्रल फाइनान्स २.७६ र सानिमा लार्ज क्यापका लगानीकर्ताले २.४७ प्रतिशतले कमाए । त्यस्तै, सप्तकोसी डेभपमेन्ट बैंक ५.७९, रुरु जलविद्युत् परियोजना ४.७३, सूर्योदय बोमी लघुवित्त ४.५६, सिभिल लघुवित्त ४.२६ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ४.०५ प्रतिशतले गुमाएका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago