भर्खरै

एक बर्षमा तीन खर्ब २० अर्बको पेट्रोलियम पदार्थ आयात

  • प्रकाशित मिति : सोम, साउन ९, २०७९
  • - विद्युत संसार
title
काठमाडौँ, ९ साउन । नेपालमा एक बर्षको अबधिमा मात्रै तीन खर्ब २० खर्ब रुपयौँ पेट्रोलियम पदार्थ आयातमा बाहिरिएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आव २०७८/७९ को तथ्याङ्क अनुसार नेपालले भारतबाट रु तीन खर्ब २० अर्ब ३२ करोड ७४ लाख ६५ हजार बराबरको पेट्रोलियम पदार्थको आयात भएको छ ।
 
 बढ्दो मूल्य वृद्धि र खपतका कारण एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै ठूलो परिमाणमा नेपाली मुद्रा बाहिरिएको हो ।
तथ्याङ्क अनुसार एक वर्षको अवधिमा सबैभन्दा बढी डिजेल आयातमा नेपाली रुपैयाँ बाहिरिएको पाइएको छ । एक वर्षको अवधिमा नेपालले रु एक खर्ब ६८ अर्ब २३ करोड ३२ लाख बढीको डिजेल मात्रै आयात गरेको हो । 
 
रु ७१ अर्ब ३८ करोड ८२ लाख ८८ हजार बराबरको डिजेल, रु ६५ अर्ब ५५ करोड नौ लाख बराबरको खाना पकाउने एलपी ग्यास र रु १५ अर्ब १५ करोड ४९ लाख बराबरको हवाई इन्धन आयात भएको छ । एक वर्षको अवधिमा रु एक खर्ब १३ अर्ब बराबरको भटमास, पाम र सूर्यमुखीको कच्चा तेल, रु ५२ अर्ब बराबरको मोबाइल र ल्यापटप, रु ४८ अर्बको सुन–चाँदी र रु ७३ अर्बभन्दा बढीको खाद्यान्न आयात भएको छ ।
 
नेपालबाट सबैभन्दा धेरै भटमासको प्रशोधित तेलको निर्यात भएको छ । एक वर्षको अवधिमा रु ४८ अर्ब १२ करोड बराबरको प्रशोधित भटमासको तेल, रु ४१ अर्ब ६४ करोड बराबरको प्रशोधित पाम तेल, रु १० अर्ब १४ करोड बराबरको सेन्थेटिक यार्न, रु सात अर्ब ७१ करोड बराबरको उनीका सामग्री तथा रु पाँच अर्ब ७६ करोड बराबरका तयारी कपडाको निर्यात भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago