भर्खरै

ऊर्जा मन्त्रालयको भौतिक प्रगति ८० प्रतिशत

  • प्रकाशित मिति : बुध, साउन १८, २०७९
  • - Admin
title
काठमाडौँ, १८ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने काम तथा दायित्व करिब ८० प्रतिशत पूरा गरेको छ । मङ्गलबार मन्त्रालयमा बसेको समीक्षा बैठकअनुसार मन्त्रालयको समग्र वित्तीय प्रगति ७६.६६ प्रतिशत र भौतिक प्रगति ८० प्रतिशत रहेको छ । 
 
गत आर्थिक वर्षका लागि सो मन्त्रालयका लागि कुल १ खर्ब ३ अर्ब ८० करोड रुपियाँ विनियोजन भएको थियो । सोमध्ये ७९ अर्ब ८४ करोड रुपियाँ खर्च भएको मन्त्रालयले जनाएको छ । 
 
विवरणअनुसार ऊर्जातर्प ७७ प्रतिशत भौतिक प्रगति रहँदा जलस्रोत तथा सिँचाइतर्पm ८७.९३ प्रतिशत प्रगति रहेको छ । सो आर्थिक वर्षमा ऊर्जातर्पm मात्रै ३८ वटा आयोजना तथा कार्यक्रम सञ्चालित थिए । यस्ता कार्यक्रममा सबैभन्दा धेरै भौतिक प्रगति ग्रामीण तथा सामुदायिक विद्युतीकरणमा सफलता मिलेको जनाइएको छ । 
 
त्यस्तै बूढी गण्डकी जलविद्युत् आयोजनको काममा पनि यो वर्ष सफलता प्राप्त भएको छ । यो वर्ष स्वदेशी लगानीमै आयोजना तयार गर्ने नीतिगत निर्णय सरकारले गरेको थियो भने लामो समयदेखि अल्झँदै आएको मुआब्जा वितरणको समस्या पनि अधिकांश समाधान भएको छ । आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखा र धादिङतर्पm सो आवमा २०७ रोपनी जग्गा प्राप्ति भएको छ । त्यस्तै आयोजनाको डुबानमा पर्ने २२ हजार १६४ घर गोठलगायतको संरचनाका लागि ४ अर्ब ८८ करोड र बोट बिरुवाका लागि ९२ करोड रुपियाँ क्षतिपूर्ति वितरण सम्पन्न गरिएको छ । 
 
त्यस्तै तनहुँ जलविद्युत् आयोजनामा ९९.६ प्रतिशत वित्तीय प्रगति र ९२.९७ प्रतिशत भौतिक प्रगति भएको उल्लेख छ । त्यस्तै गरी माथिल्लो मोदीमा पनि यो वर्षका लागि लक्षितको ९५ प्रतिशत र मुख्य निर्माणको तयारीमा रहेको तामाकोसी पाँचौँ जलविद्युत् आयोजनामा पनि सोही अनुपातमा भौतिक प्रगति भएको उल्लेख छ ।  बूढी गण्डकी जलविद्युत् अयोजनामा प्रगति भइरहँदा राष्ट्रिय गौरवको अर्को अयोजना महाकाली सिँचाइ आयोजनामा पनि उल्लेख्य प्रगति भएको विवरण पेस गरिएको छ । सो आयोजनाको भौतिक प्रगति ९९.३९ र वित्तीय प्रगति ९४ प्रतिशत भएको उल्लेख छ । 
 
समीक्षा बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जा क्षेत्रको विकासमा देखिएका सफलतालाई निरन्तरता र समस्यालाई पाठका रूपमा लिएर सुधार गर्न निर्देशन दिनुभयो । मन्त्री भुसालले ऊर्जा क्षेत्रको विकासमा सरकारले अझै धेरै लगानी गर्नुपर्ने आवश्यक रहेको औँल्याउनु भएको थियो । गोरखापत्र 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago