भर्खरै

ठमेलभित्रको अव्यवस्थित तार हटाइने

  • प्रकाशित मिति : शुक्र, साउन २०, २०७९
  • - विद्युत संसार
title
काठमाडौँ, २० साउन । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्र अव्यवस्थितरूपमा रहेका तार हटाइने भएको छ । ठमेल पर्यटन विकास परिषद्को कार्यालयमा बिहीबार सरोकारवाला निकायसँग बसेको बैठकले ठमेलभित्र अव्यवस्थित तरिकाबाट राखिएका विभिन्न सेवा प्रदायक कम्पनीका तार हटाउने निर्णय गरेको हो ।
 
परिषद्का अध्यक्ष भविश्वर शर्माले राजधानीको प्रमुख पर्यटकीय केन्द्रलाई व्यवस्थित र सुन्दर बनाउनका लागि ठमेलभित्र देखिएका समस्या समाधानका लागि परिषद्ले काम गर्दै आएको जानकारी दिनुभयो । उक्त बैठकले ठमेलभित्र अव्यवस्थित तरिकाबाट राखिएका विभिन्न सेवा प्रदायक कम्पनीका अनावश्यक तार हटाई व्यवस्थित गर्ने सम्बन्धमा सात सदस्यीय समितिसमेत गठन गरेको छ ।
 
समितिमा परिषद्को तर्फबाट उपाध्यक्ष सहदेव धमला, केवल टिभीका तर्फबाट सुधीर पराजुली, आइस्पानका तर्फबाट सुवास खड्का, नेपाल टेलिकमको तर्फबाट सरिता महर्जन र सुनिल कर्ण, नेपाल विद्युत् प्राधिकरणको तर्फबाट दीपेन्द्र बुढाथोकी र एनसेलको तर्फबाट विनायक बुढाथोकी रहनुभएको छ ।
 
यस्तै ठमेल पर्यटन विकास परिषद्ले ठमेलभित्र देखिएका ढलको समस्या, पार्किङको समस्या, सडकपेटीमा बसेर माग्ने व्यक्तिको समस्यालगायतका समस्या समाधानका लागि काम गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago