भर्खरै

तटीय क्षेत्रका बासिन्दालाई सधैँ बाढीको त्रास

  • प्रकाशित मिति : शुक्र, साउन २७, २०७९
  • - रासस
title
भजनी, २७ साउन । कैलालीको टीकापुर नगरपालिका–८ की कुन्तीदेवी चौधरीको घरबाट कर्णाली नदी निकै नजिक छ । उनलाई कर्णाली नदीको सुसाहटले बर्सातको समयमा निन्द्रा नै  पर्दैन । रातिको समयमा  चारदेखी पाँच पटक उहाँले कर्णाली नदीतिर नजर लगाउने गरेको बताउनुभयो । गत वर्ष कात्तिकको बाढीले निकै त्रास फैलाएको र यसपटक पनि नदी झन नजिक आएको उहाँ बताउनुहुन्छ । 
 
“दिनभर काम गरेर थकित भइन्छ । बाढीको त्रासले निन्द्रा लाग्दैन ।” कुन्तीले भन्नुभयो, “सुतेको बेला पनि बाढी बस्तीमा पसे जस्तै लाग्छ ।” सोही ठाउँका इन्द्रबहादुर चौधरी केही वर्ष बाढीको त्रासबाट छुटकारा पाएको भएपनि वर्षायाममा कहिल्यै शान्तिको सास फेर्न नपाएको बताउनुहुन्छ । उहाँले कर्णाली नदीका कारण आफूहरु सधैँ त्रासमा रहने बताउनुभयो । 
 
“अहिलेसम्म नदीमा पानी नबढेका कारण मनमा शान्ति नै छ । त्यो शान्त मन कतिबेला विक्षिप्त हुने हो थाहा छैन ।” इन्द्रबहादुरले भन्नुभयो, “तराईमा पानी नपर्दा पनि बाढी आउँछ ।” पहाडी भेगमा अत्यधिक वर्षा भएपछि बाढीको त्रास बढ्छ । 
 
कृषि व्यवसायी धनसिंह साउँद करिब २५ देखि ३० बिघामा धान खेती गर्नुहुन्छ । उहाँले गर्ने धान खेती त्यहीँ कर्णाली नदीको आसपासमै हो । गत वर्ष कार्तिकमा आएको बाढीका कारण अधिकांश धान सखाप भएको स्मरण गर्दै साउँदले कर्णाली नदीका कारण बर्सेनि ठूलो नोक्सानी बेहोर्नुपरेको बताउनुभयो । समयमै बीउबिजन र मलखादको अभाव झेल्दै आएका साउँदले बाढीकै कारण किसानले निरास हुनुपर्ने अवस्था आएको बताउनुभयो । 
 
“एकातिर कृषियोग्य जमिन बर्सेनि नदीमा परिणत हुँदै गएको छ भने अर्कोतिर बर्सातको समयमा शान्तिको सास फेर्न  पाइँदैन ।” साउँदले भन्नुभयो, “नदी तटबन्धका लागि कैयौँ पटक प्रयास भए तर, परिणाममा शून्यको अवस्था छ । समस्याजस्ताको त्यस्तै छ ।” वडा नं ८ कै श्रीलङ्कामा खेतीयोग्य सयौँ बिघा जमिनमा बाढी पसेको छ । बर्सेनि नदीले जमिन कटान गर्दै आएको भएपनी त्यसलाई निरीह भएर हेर्नुको अर्को विकल्प किसानसँग छैन ।
 
अहिले बाढीको जोखिम रहेको क्षेत्रमा स्थानीयले जैविक तटबन्धको काम सुरु गरेका छन् । स्थानीय बस्ती बचाउनका लागि एकजुट भएर नदी नियन्त्रणको प्रयासमा उनीहरु लागेका हुन । नदीकै कारण सत्ती कर्णाली सामुदायिक वनको सयौँ बिघा बगरमा परिणत भइसकेको छ । बर्सेनि नदीले कटान गर्न थलेपछी जङ्गलको क्षेत्र खुम्चिएको छ । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाले सो क्षेत्रमा तटबन्धको लागि ठेक्का प्रक्रियामार्फत काम अगाडि बढाएको थियो । निर्माण कम्पनीले काम गर्न नसकेपछि अहिले आयोजनाले पुरानो ठेक्का तोडेको छ । 
 
“नदीले एकातिर जंगल बर्सेनि नष्ट गर्दै गएको छ भने अर्कोतिर वस्ती जोखिममा पर्दै गएको छ ।” सामुदायिक वनका अध्यक्ष धनसिंह साउँदले भन्नुभयो, “गौरवको आयोजनाको लापर्बाही र ठेकेदारको ढिलासुस्तीका कारण सयौँ बिघा जङ्गल बगर बनिसकेको छ ।” गत वर्ष कात्तिकमा टीकापुर नगरपालिका–५ साहिपुरमा कर्णाली नदीले बाध भत्काउँदा नगरपालिकाको वडा नं ६, ७, ८ र ९ का अधिकांश स्थान डुबानमा पर्दा ठूलो धनमालको क्षति भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago