भर्खरै

आयोजनाबाट असर पर्नसक्ने स्थानीयवासीलाई इष्टर्न हाइड्रोपावरको आइपिओ खुला

  • प्रकाशित मिति : मंगल, भदौ ७, २०७९
  • - विद्युत संसार
title
काठमाडौँ, ७ भदौ  । इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि निष्कासित साधारण शेयरको बिक्री खुला गरेको छ ।
कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा रु छ करोड बीस लाख मूल्य बराबरको छ लाख बीस हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गरेको हो ।आयोजनाबाट असर पर्ने भोजपुर जिल्लाका स्थानीय बासिन्दाले यही भदौ २१ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे आगामी असोज ५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख छ । 
 
कम्पनीले भोजपुरको पिखुवा खोलामा पाँच मेगावाट क्षमताको पिखुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
 
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।साथै एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंकको भोजपुर शाखाका साथै  प्रभु बैंकको भोजपुर तथा हतुवागडी शाखा कार्यालयबाट पनि शेयर खरिदका लागि लगानीकर्ताले आवेदन दिन पाउनेछन् । कम्पनीलाई केयर रेटिङ्गस् नेपालले ‘केयरनपी–बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago