भर्खरै

नेपालमा उत्पादित बिजुली महँगो भए भारत र बंगलादेशमा निर्यात हुँदैन : घिसिङ

  • प्रकाशित मिति : बुध, भदौ ८, २०७९
  • - विद्युत संसार
title

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको जलविद्युत महँगो भए भारत र बंगलादेशमा निर्यात नहुने बताएका छन् । 
 
बुधबार प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तनहुँ जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाबारे भएको छलफलमा उनले पछिल्लो समय जलविद्युत आयोजना बनाउने क्रममा सरकारको नीति नियमको कारण परियोजना महँगो हुँदै गएको बताए ।
 
घिसिङले जलविद्युत आयोजना निर्माण गर्दा प्राकृतिक स्रोत प्रयोग गर्न नपाउने, वनको जग्गा प्राप्तिमा अर्बौं रुपैयाँ आयोजनाले खर्च गर्नुपर्ने भएकाले आयोजनाको लागत बढ्ने विद्युत महँगो हुने बताए । उनले नेपालको ऊर्जाको स्रोत भनेकै जलविद्युत भएकाले जलविद्युत सस्तो वा महँगो बनाउने सरकारको गतिविधिले निर्धारण गर्ने बताए । जलविद्युत महँगो हुँदा जनतालाईसमेत महँगो पर्ने उनले बताए । 
 
उनले जलविद्युत उत्पादन गरेर जति सस्तो बनाउन सकियो त्यति नै भारत र बंगलादेशमा निर्यात हुने बताए । बंलादेशमा विद्युत निर्यात गर्नका लागि भारतको भन्दा सस्तोमा विद्युत दिन सक्नुपर्ने बताए ।
घिसिङले ५० अर्बको तनहँ जलविद्युतमा करिब तीन अर्ब वन र सरकारी जग्गा र निजी जग्गामा तीन अर्ब गरी ६ अर्ब रुपैयाँ मुआब्जामा नै खर्च भएको बताए । उनले सरकारकै जग्गाका लागि आयोजनाको ६ प्रतिशत लागत बढ्नु भनेको आयोजनाबाट उत्पादन हुने विद्युत महँगो हुनु भएको बताए ।
बाह्रखरी

प्रतिक्रिया