भर्खरै

कार्यकारी निर्देशक घिसिङ र महानगर प्रमुख सिंहबीच छलफल

  • प्रकाशित मिति : बिही, भदौ ९, २०७९
  • - विद्युत संसार
title
वीरगञ्ज, ९ भदौ  । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहबीच वीरगञ्जमा पछिल्लो पटक देखिएको विद्युत् आपूर्तिमा देखिएको विद्यमान समस्याबारे छलफल भएको छ ।
 
बुधबार काठमाडौँमा विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख जीतेन्द्र झासँगै घिसिङलाई भेटेर महानगरप्रमुख सिंहले वीरगञ्जमा विद्यमान विद्युतसँग सम्बन्धित समस्याबारे जानकारी गराउनुभएको थियो । त्यस क्रममा उहाँले अहिले भइरहेको अनियमित विद्युत् कटौतीको समस्या तत्काल समाधान गरिदिन घिसिङसँग आग्रह गर्नुभयो ।
 
प्रमुख सिंहले वीरगञ्जमा सडकबत्ती व्यवस्थापनका लागि फिप्थ वायर जडान, भूमिगत तार व्यवस्थापन, पानी ट्याङ्की क्षेत्रका घरमाथिको हाईटेन्सन लाईन स्थानान्तरण र बाइपास इनर्वा क्षेत्रको हाइटेन्सन लाइन स्थानान्तरण गर्नुपर्ने  विषयमा जानकारी गराउनुभएको थियो । कार्यकारी निर्देशक घिसिङले प्रस्तुत समस्या समाधानका लागि प्रक्रियामा लैजान वीरगञ्ज वितरण केन्द्रले कार्य अघि बढाउने आश्वासन दिनुभएको छलफलमा सहभागी प्रमुख सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago