भर्खरै

नीक इलेक्ट्रो टेक–२०२२ आउँदो मंसिरमा, स्टल बुकिङ खुल्ला

  • प्रकाशित मिति : शुक्र, भदौ १०, २०७९
  • - भीमलाल श्रेष्ठ
title
काठमाडौं, १० भदौं । नेपाल विद्युतीय व्यवसायी महासंघले दसौं संस्करणको नीक इलेक्ट्रो टेक–२०२२ सञ्चालन गर्ने भएको छ । महासंघले हरेक २÷२ वर्षमा सञ्चालन गर्दै आएको इलेक्ट्रो टेक कोरोनाका कारण रोकिएको मेला दसौं संस्करणको इलेक्ट्रो टेक यही मंसीर २२ गते देखि २५ गते सम्म सञ्चालन गर्ने भएको हो । 
 
ऊर्जा तथा विद्युतीय व्यवसायको समग्र विकास, आन्तरिक ऊर्जा खपतको अभिवृद्घि एवं आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरणका लागि महासंघको आयोजनामा नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको ऊर्जा, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स प्रदर्शनी एवं गोष्ठीका लागि स्टल समेत बुकिङ खुला गरिएको प्रदर्शनीका संयोजक तथा महासंघका अध्यक्ष सुदर्शन प्रसाद पौड्यालले जानकारी दिनुभयो । 
 
अध्यक्ष पौड्यालका अनुसार मेला काठमाडौंको भृकुटीमण्डपको प्रदर्शनी कक्षमा आयोजना हुने जनाइएको छ ।
महासंघले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय उर्जा तथा विद्युतीय व्यवसायी कम्पनीहरूलाई सहभागी हुन आवहान गर्दै प्रदर्शनीका लागि स्टल बुकिङ खुल्ला गरेको छ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुद्वारा उत्पादित ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामग्रीहरू, ऊर्जा उत्पादक यन्त्रहरू, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्रहरू, हाउस वायरिङ सामग्रीहरू, वायर, केबुल तथा कण्डक्टरहरू, एलिडी लाइटिङ फिक्चर्स ट्युव तथा चिमहरू, घरेलु विद्युतीय उपकरणहरू, इलेक्ट्रोनिक उपकरणहरू, कार्यालय प्रविद्यि, बहुसञ्चार सम्बन्धी उपकरणहरू, सूचना प्रविद्यि, विद्युतीय सवारी साधनतथा वैकल्पीक उर्जा कम्पनीहरू सहभागी हुन सक्ने छन् ।
 
प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेजले गर्दैछ । स्टल बुकिङ गर्न इच्छिुक कम्पनीहरूले electrotech@feen.org.np jf keshab@globalexposition.com.np मा सम्पर्क गरी जानकारी लिन सकिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago