गैरकानुनी रुपमा बोलपत्र आह्वान गरेको भन्दै निर्माण व्यवसायीको आपत्ति

  • प्रकाशित मिति : शुक्र, भदौ १७, २०७९
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं १७ भदौ ।  राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले प्रकाशन गरेको बोलपत्र प्रति नेपाल विद्युत निर्माण व्यवसायी संघले आपत्ति जनाएको छ । 
राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले प्रकाशन गरेको बोलपत्रमा विद्युत क्षेत्रको निर्माण व्यवसायीहरुको पेशागत हित विपरीत विदेशी निर्माण व्यवसायीहरुलाई मात्र फाइदा गराउने गरी बोलपत्र आह्वान भएको भन्दै विरोध जनाएको हो ।
 
विद्युत संसारलाई प्राप्त जानकारी अनुसार राष्ट्रको ठूलो धनराशी विदेशी निर्माण व्यवसायीहरुलाई सुम्पिने गरी प्रकाशित बोलपत्रले राष्ट्रको आर्थिक पक्षमा गम्भिर क्षति र धक्का पुग्न सक्ने भन्दै नेपाली निर्माण व्यवसायीहरुलाई गुमराहमा पारी आह्वान गरिएको उक्त बोलपत्र अविलम्व रद्ध , खारेज गरी प्रचलित कानुनले निर्दिष्ट गरेको कार्यविधि र प्रकृया वमोजिम पुनः टेण्डर आह्वान गर्न अनुरोध गरेको छ ।
 
 नेपालको विकास सम्वृद्धिसँग महत्वपूर्ण एवं अन्योन्याश्रीत विषय भएकोले त्यस कम्पनीबाट मिति २०७९।०३।१७ (१जुलाई २०२२) (BIDDING DOCUMENT  TECHNICAL BID PROCUREMENT OF WORKS International Competitive Bidding (ICB) Two Envelope Bidding Procedure Procurement of Plant for Design, Supply, Installation, Testing and Commissioning of Phukot - Betan– Dododhara 400 kV Double Circuit Transmissio) आह्वान गरिएको उल्लेखित बोलपत्र विद्युत क्षेत्रको निर्माण व्यवसायीहरुको पेशागत हित विपरीत भएको संघको ठहर छ ।
 
उल्लेखित बोलपत्रले मूख्यत नेपाली विद्युत निर्माण व्यवसायीहरुलाई बाहेक गरी विदेशी निर्माण व्यवसायीहरुलाई प्रतिस्पर्धी गर्न पाउने गरी आह्वान गरिएको संघका कार्यकारी अध्यक्ष लाधुराम (एलआर) तामाङले बताउनुभयो । 
 
जुन बोलपत्रमा कुल लागत कति हो भन्ने बोलपत्रमा उल्लेख नभएतापनि बोलपत्रको कुल लागत अनुमान धरौटी रकमको अमेरिकी डलरबाट नेपाली रकममा ४० गुणा हिसाव गर्दा त्यसको कुल लागत देख्न सकिन्छ । त्यसैगरी बोलपत्र क्षमतामा तोकिएको अमेरिकि डलरलाई नेपाली दर रेटको रकममा हिसाव गर्दा समेत त्यसको कुल लागत देख्न सकिन्छ । यी दुवै प्रकृयाबाट कुल लागत कति हो भनी हिसाव गर्दा १० अर्ब नेपाली रकम भन्दा कुल लागत रकम कम नै हुने देखिन्छ । १० अर्ब रकम भन्दा माथिको लागत भएको टेण्डरमा मात्र विदेशी निर्माण व्यवसायीहरु बीच प्रतिस्पर्धा गर्न पाउने र सो भन्दा कम लागतको बोलपत्रमा नेपाली निर्माण व्यवसायीलाई विदेशी निर्माण कम्पनी, संस्था वा फर्मले अनिवार्य रुपमा संयुक्त प्रतिस्पर्धा गर्न पाउने पेशागत हकलाई उक्त बोलपत्रले ठाडै वञ्चित गरी विदेशी निर्माण व्यवसायीहरुलाई मात्र सुम्पिएको छ । प्रकाशित बोलपत्रले नेपालको संविधानको धारा १७ (च) ले प्रदान गरिएको पेशागत स्वतन्त्रताको मौलिक हकलाई जानी जानी कुण्ठित तथा वञ्चित गरी संवैधानिक प्रावधानलाई ठाडै उल्लङ्घन गरिएको अध्यक्ष तामाङको भनाई छ । 
 
सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३१ ( च) को उपनियम १,२,३, को क्रमशः उपनियम (४) ले सो भन्दा माथिको उपनियममा जुनसुकै व्यहोरा उल्लेख भए पनि“दश अर्ब सम्म लागत अनुमान भएको निर्माण कार्य सम्बन्धि अन्तर्राष्ट्रिय बोलपत्रमा सहभागी हुन चाहने विदेशी फर्म , संस्था वा कम्पनीले स्वदेशी फर्म , संस्था वा कम्पनीसँग सयुक्त उपक्रम गरी सहभागी हुनुपर्ने छ ”भनी बाध्यात्मिक व्यवस्था गरेको छ । तर उल्लेखित बोलपत्रमा निर्माणसँग सम्बन्धित स्वदेशी निर्माण व्यवसायीहरुलाई समावेश नगरी विदेशी व्यवसायीहरुलाई मात्र सहभागी हुन पाउने गरी आह्वान गरिएकोले सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३१(च) को उपनियम ४ को उल्लङ्घन भएको संघको भनाई छ ।
 
कम्पनी कानुनको सामान्य सिद्धान्त अनुसार कानुन बमोजिम गठित कुनै पनि निकाय वा कानुनी व्यक्तिले कानुनले तोकेको कार्य बाहेक अन्य कार्य गर्न मिल्दैन । तर राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले आफनो अधिकार नभएको विषयमा प्रवेश गरी कानुनले तोकेको विधि प्रकृया विपरित हुने गरेको उक्त कार्यले पेशागत हकहितममा असर पर्ने मात्र हैन आफनो देशको कानुनको ठाडो उल्लङ्घन गरी राज्यको ठूलो धनरासी विदेशी निर्माण व्यवसायीहरुलाई अनाधिकृत रुपले सुम्पने कार्य राष्ट्रउपरको गम्भिर आर्थिक अपराध सिद्ध हुने संघको दाबी छ ।
 
बोलपत्रमा सीमित ठेकेदारलाई अनुकुल हुने गरी अतिरिक्त अनुभवहरु माग गरिएको, जस्तो :
निर्माण व्यवसायीले कम्तिमा १३५० मिटर स्पान भएको लाइन निर्माण गरेको हुनुपर्ने ।
निर्माण व्यवसायीले १००० मिटर समुन्द्र सतह भन्दा माथि प्रसारण लाइन निर्माणको कार्य गरेको हुनुपर्ने ।
निर्माण व्यवसायीलाई प्रसारण लाइनमा पाइल फाउण्डेसनको कार्य गरेको पूर्व अनुभव हुनुपर्ने ।
 
माथि उल्लेखित आवश्यक अनुभवहरु नेपालमा यस भन्दा पहिले प्रकाशित बोलपत्रहरु ९ल्ऋद्य बलम क्ष्ऋद्य० मा कतै उल्लेख भएको छैन । जस्तै हाल निर्माणाधिन Marsyandgi – Manang 220 KV लाइनमा समेत स्थान र उचाईको आवश्यकता मागिएको छैन । यसबाट प्रष्ट हुन्छ कि बोलपत्र सीमित विदेशी ठेकेदारलाई अनुकुल हुने गरी तयार गरिएको भन्दै सम्बन्धि बोलपत्र आह्वानकर्ता राष्ट्रिय प्रशारण ग्रीड कम्पनी लिमिटेडले यस सम्बन्धि कानुनले तोकेको कार्यविधि र प्रकृया बमोजिम पुनबोलपत्र आह्वान गरी देश र जनताको हितमा कार्य गर्न संघले आग्रह गरेको छ ।
 
 

प्रतिक्रिया