भर्खरै

मोरङ्ग इलेक्ट्रिक संघको तेह्रौं वार्षिक साधारण सम्पन्न

  • प्रकाशित मिति : आइत, भदौ १९, २०७९
  • - विद्युत संसार संवाददाता
title
मोरङ्ग १९ भदौ । मोरङ्ग इलेक्ट्रिक संघको तेर्हौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 
 
विद्युतीय व्यवसायीहरूको संस्था मोरङ्ग इलेक्ट्रिक संघले हिजो शनिवार विराटनगरको सप्तकोसी पार्टी प्यालेसमा आफ्नो तेह्रौं वार्षिक साधारण सभा समापन गरेको संघका प्रथम उपाध्यक्ष राजेश अग्रवालले बताउनु भयो । 
 
सभाका प्रमुख अतिथि नेपाल विद्युतीय व्यवसायी महासङ्घका अध्यक्ष सुदर्शन प्रसाद पौड्यालले आफ्नो भनाई राख्दै मोरङ्ग व्यापार संघ र विराट व्यापार संघबाट इलेक्ट्रिक संघ सक्रिय वस्तुगत संघ रहेको र आगामी दिनमा अझै बढि सदस्यहरुको हक हितको निम्ति काम गर्ने बताउनु भयो । अध्यक्ष पोड्यालले जिल्ला संघहरू बलियो भए मात्र महासंघ बलियो हुने हुँदा सबै जिल्लाहरु सक्सक्त रूपमा आगाडी बढ्न पर्ने, निमायित साधारण सभा सम्पन्न गर्नु पर्ने भनाई राख्नु भएको थियो ।
 
महासंघका अन्य प्रतिनिधिहरुले मोरङ्ग इलेक्ट्रिक संघ एक सक्रिय संघ रहेको र आगामी दिनमा अझ सक्रिय हुन शुभकामना दिदै आफ्नो भनाई राखेका थिए । 
 
उक्त सभामा अतिथिको रूपमा मोरङ्ग व्यापार संघ का वरिष्ठ उपाध्यक्ष अनुपम राठी, विराट व्यापार संघका अध्यक्ष नरेश खत्री, महासङ्घका सल्लाहकार, पदाधिकारी, सदस्यहरूको साथै विभिन्न जिल्ला नगर संघका अध्यक्ष तथा प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। 
 
साधारण सभाको अवसरमा कर तथा लेखा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । साना तथा मझौला व्यवसायीहरूलाई लक्षित गरी सिए विजय रौनियारले प्रशिक्षण दिनु भएको थियो । 
 
साधारण सभामा उर्लाबारी, बेलबारी तथा विराटनगरका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको अग्रवालले बताउनु भयो ।
सभा संघका अध्यक्ष शंकर प्रसाद पोखरेलको अध्यक्ष्यतामा भएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव विजय जायसवालले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago