भर्खरै

अमलेखगञ्जमा दुई वटा पेट्रोल भण्डारण गृह बनाइने

  • प्रकाशित मिति : मंगल, भदौ २१, २०७९
  • - रासस
title
वीरगञ्ज, २१ भदौ । नेपाल आयल निगमले पाइपलाइनमार्फत पेट्रोलसमेत नेपाल आयात गर्न बाराको अमलेखगञ्जस्थित निगमको प्रादेशिक कार्यालयमा पेट्रोल भण्डारण गर्न दुई वटा पेट्रोल भण्डारण गृह (टङ्की) निर्माणको काम अघि बढाएको छ । 
 
हाल निगमले भारतको विहारस्थित मोतिहारीदेखि नेपालको बारास्थित अमलेखगञ्जसम्म पाइपलाइनमार्फत डिजेल मात्र आयात गर्दै आएको थियो ।  निगमले अब भने उक्त पाइपलाइनबाटै पेट्रोलसमेत आयात गर्न निगमको अमलेखगञ्जस्थित डिपो परिसरमा दुई वटा भण्डारण ट्याङ्की निर्माणको काम अघि बढाएको हो । 
 
जसका लागि भारतीय आयल कर्पोरेसनले पेट्रोल भण्डारण गृह निर्माणका लागि आवश्यक ठेक्का प्रक्रिया पूरा गरिसकेकाले आगामी दसँैपछि भण्डारण गृह निर्माण  काम सुरु हुने अमलेखगञ्जस्थित निगमको प्रादेशिक कार्यालयका प्रमुख इञ्जिनीयर प्रदीप यादवले जानकारी दिनुभयो । 
 
हाल निगमले भारतको विहारस्थित मोतिहारीदेखि नेपालको बारास्थित अमलेखगञ्जसम्म करिब ६९ किमी लामो पाइपलाइनमार्फत डिजेल आयात गर्दै आएको छ । अब निर्माण हुने पेट्रोल भण्डारण गृह ९ट्याङ्की० मध्ये प्रतिट्याङ्की चार हजार एक सय किलोलिटर क्षमताको हुनेछन् ।
 
नेपालतर्फको पाइपलाइनको अन्तिम बिन्दु अमलेखगञ्जमा पेट्रोल भण्डारण गृह  निर्माण भएपछि पाइपलाइनमार्फत नेपालमा पेट्रोल आयात गर्न थप सहज हुनेछ  । पेट्रोल सङ्कलन गर्ने दुई वटा भण्डारण ट्याङ्की निर्माणपश्चात् निगमलाई पेट्रोल आयातमा प्रतिलिटर करिब एक रुपैयाँ ५० पैसा ढुवानी खर्च सस्तो पर्ने आँकलन गरिएको आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिनुभयो । 
 
करिब रु तीन अर्ब २६ करोडको लागतमा निर्माण हुने दुई वटा  पेट्रोल भण्डारण ट्याङ्की निर्माणको कार्य आगामी सन् २०२४ को जनवरीसम्म सम्पन्न हुने लक्ष्य रहेको छ । हाल मोतिहारीदेखि अमलेखगञ्जसम्म करिब ६९ किलोमिटर लामो  पाइपलाइनबाट प्रतिघण्टा दुई लाख ५० किलोलिटरका दरले डिजेल आयात भइरहेको बताइएको छ । तर पेट्रोलका लागि भारतबाट ट्याङ्करमार्फत आयात भइरहेको छ  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago