भर्खरै

नवलपुरका सबै वडामा यसै वर्ष विद्युतीकरण

  • प्रकाशित मिति : मंगल, भदौ २८, २०७९
  • - रासस
title
नवलपरासी २८ भदौ । नवलपुरको सबै क्षेत्रमा यसै वर्ष विद्युत् पुग्ने भएको छ । आठवटा पालिकाका ९२ वडामा यस वर्ष विद्युत् पुग्ने नेपाल विद्युत् प्राधिकरण कावासोती शाखाका इञ्जीनियर निश्चल अधिकारीले जानकारी दिनुभयो । “अधिकांश क्षेत्रमा विद्युत् पुगेको छ, केही वडा बाँकी रहेका छन्”, उहाँले भन्नुभयो, “बाँकी रहेका वडामा समेत यसै वर्ष विद्युतीकरणको काम सकिन्छ ।”
 
गण्डकी प्रदेश सरकारको ‘उज्यालो गण्डकी प्रदेश’ योजनाअनुसार सबै क्षेत्रमा विद्युत् पु¥याउने लक्ष्यअनुसार नवलपुरमा समेत विद्युतीकरणको काम तीब्र छ । उहाँका अनुसार मुख्य गरी विद्युत् नपुगेका पहाडी क्षेत्रका गाउँपालिका बुलिङटार र बौदिकालीका केही वडामा अहिले पनि विद्युतीकरणका लागि काम चलिरहेको छ । बौदिकालीका वडा नं ५ र ६ मा विद्युतीकरणका लागि धेरै बाँकी रहेको उहाँले बताउनुभयो ।
 
पहाडी क्षेत्रमा बाटोको समस्याले विद्युत् वितरण गर्न समस्या देखिए पनि धेरै स्थानमा तार, पोल पु¥याउने काम सकिएकाले मिटर जडानको काम मात्रै बाँकी रहेको इञ्जीनियर अधिकारीले बताउनुभयो । “नयाँ बस्ती थपिँदै जाँदा थप काम रहन्छ नै, तर भएका हालका हरेक क्षेत्रमा विद्युत् पु¥याउन हामी केन्द्रित छौँ”, इञ्जीनियर अधिकारीले भन्नुभयो, “अहिले पनि पहाडका विभिन्न स्थानमा तार पोल पु¥याइएको छ, चाँडै बत्ती बाल्ने काम हुन्छ ।” 
 
सामुदायिक विद्युतीकरण, लघु जलविद्युत, सौर्य ऊर्जाबाट केही क्षेत्रमा विद्युत् पुगेको भए पनि चाँडै ती क्षेत्रमा समेत  राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार हुने जनाइएको छ । 
 
जिल्लाको पहाडी गाउँपालिकाअन्तर्गतका बौदिकाली र बुलिङटारका विभिन्न क्षेत्रमा हाल तनहुँ खैरेनीटारबाट विद्युत् वितरण गरिएको छ । तर लामो दूरीबाट ल्याएको विद्युत्मा विभिन्न समस्या हुने हुँदा जिल्लाकै बोझापोखरीमा निर्माणधीन सबस्टेशनको काम सकिएपछि पहाडी क्षेत्रमा विद्युतीकरणमा थप सहजता मिल्ने उहाँले बताउनुभयो । बोझापोखरीमा विद्युत् सबस्टेशन निर्माणको काम अन्तिम चरणमा रहेको छ । यस योजनाअन्तर्गत  अहिले पोल गाड्ने र तार टाँग्ने काम चलिरहेको छ ।
 
जिल्लाकै दुम्कीबासमा समेत नयाँ विद्युत् सबस्टेशन निर्माणको प्रक्रिया चलिरहेको छ । दुम्कीबास क्षेत्रमा नवलपरासी पश्चिमबाट दाउन्ने हुँदै विद्युत् ल्याइएकाले बेलाबेलामा समस्या हुने गरेकाले दुम्कीबासमा विद्युत् सबस्टेशन निर्माणपछि त्यस क्षेत्रको समस्यासमेत समाधान हुने उहाँको भनाइ छ ।
 
नवलपुरमा विद्युत् वितरणको अवस्था सुधारका लागि केन्द्रबाट समेत ‘नवलपुर विद्युतीकरण योजना’ सञ्चालनका क्रममा रहेको इञ्जीनियर अधिकारीले बताउनुभयो । लघु जलविद्युतबाट विद्युत् वितरण भएका क्षेत्रमा राष्ट्रिय प्रसारणको लाइन पु¥याउने, आवश्यकतानुसार नयाँ ट्रान्सफर्मर वितरण, तारपोल पु¥याउने, हाल विद्युत् बाँडिएका क्षेत्रमा विद्युत्को क्षमता बढाउनेलगायतका काम यस योजनामा सञ्चालन हुने उहाँको भनाइ छ । “समग्र जिल्लाको विद्युतीकरण सुधार गर्न नवलपुर विद्युतीकरण योजना सञ्चालनमा रहेको छ”, उहाँले भन्नुभयो, “यसले जिल्लाको समग्र विद्युत् वितरणलाई प्रभावकारी बनाउन थप मद्दत पुग्नेछ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago