भर्खरै

ऊर्जामन्त्री भुसालद्वारा ‘जलस्रोत प्रयोगशाला तथा तालिम केन्द’को उद्घाटन

  • प्रकाशित मिति : शुक्र, भदौ ३१, २०७९
  • - रासस
title
काठमाडौँ, ३१ भदौ  । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुरस्थित गोदावरीमा निर्माण गरिएको ‘जलस्रोत प्रयोगशाला तथा तालिम केन्द्र’को नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ । जलस्रोत अनुसन्धान तथा विकासकेन्द्रअन्तर्गत रहेको सो भवनमा आज आयोजित कार्यक्रममा मन्त्री भुसालले उद्घाटन गर्नुभएको हो । 
 
जलस्रोतको परीक्षण त्यससँग सम्बन्धित तालिम सञ्चालन गर्ने उद्देश्यले १२ आना जग्गामा रु १४ करोड लागतमा सात तलाको अत्याधुनिक भवन निर्माण गरिएको हो । सोही अवसरमा मन्त्री भुसालले भौतिक पूर्वाधार, सडक, अवास, सिँचाइ, खानेपानी र जलविद्युत्लगायत समग्र देशको विकासको गुरुयोजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 
 
उहाँले भन्नुभयो, “हामीसँग समग्र मास्र्टर प्लान छैन, हामी विकेन्द्रित विकास गर्छौं, सबै मन्त्रालयले आआफ्नै ढङ्गले विकासका काम गर्छौं, त्यसले गर्दा कहिले डुप्लीकेसन, बजेटको केन्द्रीकरण हुने समस्या हुन्छ, त्यसैले सबै सरकारले निरन्तरता दिनेगरी राजनीतिक सहमति गरेर देशको विकासका लागि मास्र्टर प्लान बनाउनुपर्छ ।” मास्र्टर प्लानसहित विकासको योजना बनाउँदा दिगो र आवश्यकताको विकास हुने उहाँको भनाइ छ । 
 
मन्त्री भुसालले तालिम तथा अनुसन्धानका कार्यक्रम सञ्चालनका लागि केन्द्र प्रयोगमा आउने बताउँदै जलवायु परिर्वतनको उच्च जोखिममा रहेको नेपालको विशिष्ट भौगोलिक अवस्था अनुकूलको विकास निर्माणका योजना तयार पार्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 
 
मन्त्रालयका ऊर्जा सचिव सुशीलचन्द्र तिवारीले जलस्रोतको विकास, नयाँ प्रविधिको प्रयोग र अनुसन्धानका निम्ति निर्माण गरिएको भवन जलस्रोतका क्षेत्रमा बढीभन्दा बढी प्रयोग हुने बताउनुभयो । मन्त्रालयका जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले ‘जलस्रोत प्रयोगशाला तथा तालिम केन्द्र’को क्षेत्राधिकार बढाउँदै विशिष्ट प्रकृतिको प्रयोगशाला बनाउनुपर्नेमा जोड दिनुभयो ।
 
जलस्रोत अनुसन्धान तथा विकास केन्द्रका कार्यकारी निर्देशक सरिता दवाडीले प्रयोगशालालाई जलस्रोत क्षेत्रको राष्ट्रियस्तरको प्रयोगशालाका रुपमा विकास गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago