भर्खरै

डोल्पाको जगदुल्लामा दुई जलविद्युत् आयोजना बन्दै

  • प्रकाशित मिति : शुक्र, असोज ७, २०७९
  • - रासस
title
जाजरकोट, ७ असोज । डोल्पाको जगदुल्ला नदीमा एक सय छ मेगावाट क्षमताको जगदुल्ला र ८२ दशमलव तीन मेगावाटको ‘जगदुल्ला ए’ जलविद्युत् आयोजना निर्माणको तयारी रहेको छ । एउटै नदीबाट दुई आयोजना निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । 
 
जगदुल्ला निर्माण गर्न ठेक्का प्रक्रिया थाल्ने तयारी छ भने ‘जगदुल्ला ए’ का लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम भइरहेको छ । जगदुल्ला जलविद्युत आयोजनाका प्रबन्ध निर्देशक प्रकाश अधिकारीका अनुसार डिपिआरको काम भएपछि एक सय २२ मेगावाट विद्युत् उत्पादन हुने छ । “जगदुल्लाको अहिले मुआब्जा, विद्युत् खरिद बिक्री ९पिपिए०लगायत काम सम्पन्न भइसकेका छन्”, उहाँले भन्नुभयो । विभिन्न निकायबाट शेयर लगानी गरेबापतको रकम भुक्तानीको काम भइरहेको छ । 
 
विद्युत् उत्पादन कम्पनीले चार लाख ९१ हजार आठ सय कित्ता शेयर, हाइडो«इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेपलभमेन्ट कम्पनी लिमिटेडले २३ लाख ४३ हजार कित्ता शेयर, नेपाल विद्युत् प्राधिकरणले २१ लाख ८७ हजार कित्ता शेयर, कर्णाली प्रदेश सरकारको ११ लाख ७१ हजार पाँच सय कित्ता शेयर र स्थानीय तह ९जलदुल्ला र मुड्केचुला०को २३ लाख ४३ हजार कित्ता शेयरबापत रु ६३ करोड ४९ लाख तीन हजारको रकम कम्पनीले लिइरहेको छ ।
 
विद्युत् उत्पादन कम्पनीअन्तर्गत बनेकको जगदुल्ला जलविद्युत् कम्पनीमा अतिविपन्न परिवारलाई दुई प्रतिशत शेयर सुरक्षित गरिएको छ । आयोजनामा सर्वसाधारणका लागि १७ प्रतिशत र आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १० प्रतिशत शेयर दिने कम्पनीले जनाएको छ । यस्तै विद्युत् उत्पादन कम्पनीमा ऊर्जा मन्त्रालयको २० प्रतिशत शेयर रहेको छ । त्यसैगरी नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चय कोष र दूरसञ्चार कम्पनीको १०÷१० प्रतिशत शेयर छ । अर्थ मन्त्रालय, कानुन मन्त्रालय र नागरिक लगानी कोषको पाँच÷पाँच, जलविद्युत् लगानी तथा विकास कम्पनीको चार र राष्ट्रिय बीमा संस्थानको दुई प्रतिशत प्रवद्र्धनात्मक शेयर छ ।
 
चालु आर्थिक वर्षको अन्तिमसम्म कम्पनीद्वारा निर्माणका लागि ठेक्का खोल्ने तयारी रहेको अधिकारीले जानकारी दिनुभयो । अधिकांश ठाउँबाट शेयरवापतको रकम आइसकेको छ । केही ठाउँको मात्र बाँकी छ । एक सय छ मेगावाटको अर्ध–जलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजना निर्माणको पूर्वतयारी गरिरहेको कम्पनीले एक सय २२ मेगावाटको जगदुल्ला ‘ए’ पनि अघि बढाउन लागेको हो । कम्पनीले सूचना जारी गर्दै जगदुल्ला ‘ए’को वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० प्रतिवेदन तयार गन बोलपत्र आह्वान गरी नौ महिनामा प्रतिवेदन तयार गर्ने योजना रहेको  कम्पनीका प्रबन्धक सञ्जय सापकोटाले बताउनुभयो । 
 
विद्युत् प्राधिकरण मातहतको एनइए इञ्जीनियरिङ कम्पनीले अध्ययन र डिजाइनको काम गरिरहेको छ । एक वर्षभित्र आयोजनाको अध्ययन सक्ने लक्ष्य छ ।  आयोजनाका लागि सात दशमलव एक किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेछ । विद्युत् उत्पादन पछि टेलरेस टनेलमार्फत निस्कने पानी सिधै डाइभर्सन बनाएर सुरुङमार्गमार्फत जाजरकोट, रुकुमपश्चिम र डोल्पाको बीचमा रहेको त्रिवेणीमा पु¥याएर विद्युत् उत्पादन हुनेछ । त्रिवेणीमा आयोजनाको विद्युत्गृह रहनेछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago