भर्खरै

महाकाली सिँचाइको मूलनहर निर्माणको काम सकिँदै

  • प्रकाशित मिति : आइत, असोज ३०, २०७९
  • - रासस
title
महेन्द्रनगर, ३० असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रदेखि शुक्लाफाँटा नगरपालिकाको टोटी फुलेली क्षेत्रसम्म महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत २८ किलोमिटर मूलनहर निर्माणको काम सकिँदैछ । 
 
कञ्चनपुरमा पूर्व–पश्चिम राजमार्गको उत्तर र चुरे क्षेत्रको दक्षिण क्षेत्रबाट निर्माण भइरहेको राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहलमा पानी बग्ने एकिन छैन् ।
 
गत असारमा महाकाली नदीबाट भारतीय पक्षले पानीको परीक्षणका साथै कञ्चनपुरलाई धान दिवस मनाउन पानी उपलब्ध गराए पनि त्यसयता भारतले नियमित पानी छाड्न मानेको छैन् । महाकाली सिँचाइ आयोजना मूलनहर निर्माणसँगै शाखा नहर निर्माणको प्रक्रिया अघि बढाइरहेका बेला सुदूरपश्चिम प्रदेश सरकारले भने सिँचाइ आयोजनाले शाखा नहर बनाउने क्षेत्र र वरपर गरी कराडौँका ट्युबेल सिँचाइका लागि भनेर स्थानीयलाई बितरण गरेको छ ।
 
ब्रह्मदेवदेखि चुरे फेद र सिँचाइको मूल नहर दक्षिण लगायतका क्षेत्रमा बितेको चार वर्षमा सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा तीन सय ५० ठाउँमा सिँचाइ सुविधाका लागि ट्युवेल जडान गरिएको छ । 
 
उक्त क्षेत्रमा चालू आर्थिक वर्षमा रु १४ करोड ट्युवेल जडानका लागि बजेट विनियोजन भएको छ । महाकाली सिँचाइको मूल नहरको उत्तरतर्फ करिब ८० प्रतिशत ट्युबवेल जडानको काम सकिएको छ । राजमार्गबाट उत्तर भीमदत्त नगरपालिकाका– ८ वटा र बेदकोट नगरपालिका–८ मा गरी साढे तीन सय ट्युबवेल जडान गरिएको हो ।
 
त्यसैगरी प्रदेश सभाको उक्त क्षेत्रमा पर्ने भीमदत्त नगरपालिका– २, १७ र १९ मा २ सय ट्युबवेल जडान गरिएका छन् । राजमार्गबाट माथिल्लो क्षेत्रमा जडान गरिएका ट्युबवेलमा जडानमा प्रति ट्युबवेल रु दुईदेखि सात लाखसम्म खर्च भएको र साथै ६० बिघा क्षेत्रलाई सिँचाइ पुग्ने ठूला ट्युबवेल तीन वटा समेत जडान भएका छन् । सोही स्तरका चार वटा ट्युबवेल बोर गराउन बजेट आइसकेको छ । ठूला ट्युबवेल बोर जडान गर्न प्रति ट्युबवेल रु ७० लाखदेखि एक करोडसम्म लागन लाग्ने गरेको छ । महाकाली सिँचाइ आयोजानाअन्तर्गत दोस्रो चरणमा सम्पन्न भएका नहरबाट यहाँ सिँचाइ सुविधा किसानले उपभोग गर्न पाएको भए पनि तेस्रो चरणको गति भने सुस्त छ ।
 
महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजन इञ्जिनीयर शम्भु पण्डितले शाखा नहर निर्माणको तयारी भइरहेको बताउनुभयो । “यो वर्ष तीन किलोमिटर जति शाखा नहर बनाउनुपर्ने कार्यक्रम छ”, उहाँले भन्नुभयो, “शाखा नहर निर्माण क्षेत्रका नागरिकबाट पनि ट्युबवेल जडान भएकाले नहर आवश्यक छैन भन्ने आवाज पनि आइरहन्छन् ।”
 
उहाँले प्रदेश सरकारले मूल नहरभन्दा उत्तरको क्षेत्रमा सिँचाइका लागि जडान गरेको ट्युवेलले किसान लाभान्वित हुने बताउनुभयो । “हाम्रो मूल नहरभन्दा माथिको भेगमा सिँचाइ सुविधा पुग्दैन्”, उहाँले भन्नुभयो,“हाम्रो लक्षित क्षेत्रमा पनि धेरै ट्युबवेलबाट सिँचाइ पुगेको भन्ने छ ।”
 
त्यसैगरी शुक्लाफाँटा नगरपालिकासम्म मूल नहर निर्माणको अन्तिम तयारी रहेको बताउँदै उहाँले २८ देखि ४८ किलोमिटरसम्म मूल नहर निर्माणका लागि सिँचाइ विभागमा लागत अनुमान पेस गर्ने तयारी रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago