भर्खरै

संघद्धारा देउसी भैलो कार्यक्रम आयोजना

  • प्रकाशित मिति : सोम, असोज ३१, २०७९
  • - विद्युत संसार संवाददाता
title

 काठमाडौं, ३१ सोमबार । नेपाल इलेक्टिसियन संघ काठमाडौंले तिहार लक्षित देउसी भैलो कार्यक्रम आयोजना गर्ने भएको छ । 
 
संघद्धारा आकास्मिक कोष/भलाई कोषमा सहयोग पुयाउने उदेश्यका साथ आगामी कार्तिक ३ गते काठमाण्डौंको भोटेबहाल केन्द्रित देउसी भैलो कार्यक्रम आयोजना गर्ने भएको हो । 
 
विद्युतीय सामग्रीको प्रमुख व्यपारी केन्द्र भोटेबहालको ४, ५ ठाउँबाट देउसी भैलो साँस्कृति कलाकार टिम सहित कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष प्रकाश कुमार दाहालले बताउनुभयो ।
 
संघले एक सुचना निकाल्दै संघले ‘इलेक्ट्रिसियनहरुको (आकस्मिक कोष/भलाई कोष) स्थापना गरी इलेक्ट्रिसियनहरुलाई आपत विपत पर्दा सहयोग गर्ने उद्धेश्य स्वरुप कोष स्थापना गर्नको लागि देउसी भैलो कार्यक्रम लिई हजुरहरुको पसल व्यवसाय तथा घर आगनमा उपस्थित हुन लागेका छौ ।’ संघले सक्दो सहयोग गरि यस कार्यक्रमलाई सफल पारिदिन अनुरोध समेत गरेको छ ।
 
संघले इलेक्टिसियनहरुको हक हित को लागि काम गर्दै आईरहेको  छ । संघको पहलबाट इलेक्टिसियन एसी तालिम र सीसी टिभी  तालिम हरु सेमिनार गोष्ठी कार्यक्रम समेत गरिदै आएको छ ।
 
संघद्धारा प्रकाशित सुचना !!
 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 23 hours ago