भर्खरै

वित्तीय संस्थाले एकतर्फी कर्जा ब्याजदर वृद्धि गरेको प्रति व्यवसायीको विरोध प्रर्दशन

  • प्रकाशित मिति : सोम, असोज ३१, २०७९
  • - विद्युत संसार संवाददाता
title
रुपन्देही, ३१ असोज । वित्तीय संस्थाले एकतर्फी गरिएको कर्जा ब्याजदर वृद्धि र नेपाल राष्ट्र बैंकको चालु पूँजी मार्गनिर्देशन २०७९ को विरोध गरेका छन् । 
 
रुपन्देहीका उद्योगी तथा व्यवसायीले आज सोमबार विरोध र्‍याली कार्यक्रम आयोजना गर्दै उद्योगी तथा व्यवसायीलाई मर्का पर्ने यस्ता प्रब्धान हटाउन माग गरे । 
 
बिरोध र्‍याली कार्यक्र रुपन्देही विद्युतीय व्यवसायी संघ, बुटवल उद्योग बाणिज्य संघ, सिद्धार्थ उद्योग बाणिज्य संघ, सैनामैना उद्योग बाणिज्य संघ, देवदह उद्योग बाणिज्य संघ तिलोतमा उद्योग बाणिज्य संघको संयुक्त सहकार्यमा भएको रुपन्देही विद्युतीय व्यवसायी संघका महासचिव सुर्य कुँवरले बताउनु भयो । 
उहाँले भन्नुभयो ‘हामी व्यवसायी र उद्योगीको एउटै माग भनेको बैंक तथा वित्तीय संस्थाहरुले मनपरी ढंगबाट ब्याजदर बढाएकोमा तत्काल सच्याउन माग गर्दछौ ।’ 
 
उद्योग बाणिज्य संघको हलबाट दिउँसो १ बजे सुरु भएको विरोध र्‍याली बजार परिक्रम गरि जेसिस चोकमा कोणसभामा परिणत गरि ३ बजे कार्यक्रम समापन गरिएको महासचिव कुँवरले जानकारी दिनुभयो । विरोध र्‍यालीमा उद्योगी र व्यवसायीहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago