भर्खरै

उदयपुरमा आगलागी हुँदा तीन घर जलेर नष्ट

  • प्रकाशित मिति : सोम, कार्तिक १४, २०७९
  • - रासस
title
कटारी, १४ कात्तिक । उदयपुरको कटारी–८ स्थित ढुङ्गेमा हिजो आइतबार आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ । आगलागीबाट स्थानीय पूर्णबहादुृर मगर, सन्तबहादुर मगर र यज्ञबहादुर मगरको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो ।
 
पूर्णबहादुरको घरबाट एक्कासी आगलागी सुरु भएर अन्य दुई घरसमेत जलेर नष्ट भएको वडाध्यक्ष नविन तामाङले बताउनुभयो । आगलागीबाट झण्डै रु ४६ लाखको क्षति भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक रविन कार्कीले बताउनुभयो । आगलागीमा परी पूर्णबहादुरको अन्नपात, सुनचाँदी, पशुचौपाया गरी रु २५ लाख, सन्तबहादुर मगरको घर, काठपात लगायत गरी रु १५ लाख र यज्ञबहादुर मगरको घरसहित रु छ लाख बराबरको क्षति भएको पनि प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो । 
 
एक्कासी सुरु भएको आगलागी साँझ नियन्त्रणमा आएको वडाध्यक्ष तामाङले बताउनुभयो । स्थानीय र प्रहरी चौकी वेतेनीको सुरक्षाकर्मीहरूले आगो नियन्त्रणमा लिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago