अर्थमन्त्री शर्मासँग अमेरिकी राजदूतको शिष्टाचार भेटवार्ता
- प्रकाशित मिति : मंगल, कार्तिक १५, २०७९
- - विद्युत संसार

काठमाडौँ, १५ कात्तिक । अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
अर्थमन्त्रालयमा आज भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सहयोग र हितबारे छलफल भएको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ । मन्त्री शर्माले नेपालमा रहँदा सफल र सुखद् कार्यकालका लागि नवनियुक्त राजदूत थम्प्सनलाई शुभकामना दिनुभएको थियो ।