भर्खरै

‘निक इलेक्ट्रो टेक–२०२२ को तयारी तीव्र, अधिकांश स्टलहरु बुकिङ

  • प्रकाशित मिति : आइत, कार्तिक २०, २०७९
  • - विद्युत संसार
title
काठमाडौं २१ कात्तिक । नेपाल विद्युतीय व्यवसायी महासंघले हरेक २/२ वर्षमा सञ्चालन गर्दै आएको नीक इलेक्ट्रो टेकको तयारी तीव्र रुपमा गरेको छ । ऊर्जा क्षेत्रको आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरणका लागि नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरुको प्रदर्शनी गरिने भएको हो ।
 
महासंघले आयोजना गर्ने यो मेला कोरोनाका कारण रोकिएको दसौं संस्करणको नीक इलेक्ट्रो टेक आउँदो मंसिर २२ गते देखि २५ गते सम्म काठमाडौंको भृकुटीमण्डपको प्रदर्शनी कक्षमा आयोजना हुनेछ ।
 
प्रदर्शनी कक्षका अधिकांश स्टलहरु बुकिङ भइसकेको महासंघ अध्यक्ष सुदर्शन प्रसाद पौड्यालले विद्युत संसारलाई जानकारी दिनुभयो । उहाँले भन्नु भयो ‘हाम्रो तयारी तीव्र गतिमा छ, ८०/९० वटा स्टलमा ठूला स्टल बुक भइसकेका छन् भने साना स्टलहरुमा केही थोरै संख्यामा मात्र बाँकी छन् ।’  
 
ऊर्जा तथा विद्युतीय व्यवसायको समग्र विकास, आन्तरिक ऊर्जा खपतको अभिवृद्घि एवं आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरणका लागि अन्तर्राष्ट्रिय स्तरको ऊर्जा, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स प्रदर्शनी भएको महासंघका अध्यक्ष पौड्यालले बताउनुभयो ।
 
महासंघले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय ऊर्जा तथा विद्युतीय व्यवसायी कम्पनीहरूलाई सहभागी हुन आवहान गरेको छ । प्रदर्शनीमा ऊर्जा उत्पादन यन्त्र, ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कन्डक्टर, हाउसहोल्ड उपकरण, लाइटिङ्ग, फिक्चर्स, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ ।
 
देशको आर्थिक, औद्यौगिक तथा व्यापारिक क्षेत्रहरूको विकासमा सहयोग दिने महासंघले बताएको छ । प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेजले गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago