भर्खरै

निर्वाचन प्रचारप्रसार सामग्रीमा समान व्यवहार गर्न महासंघको आग्रह

  • प्रकाशित मिति : बिही, कार्तिक २४, २०७९
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं २३ कार्तिक । आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको क्रममा निर्वाचन प्रचारप्रसार सम्बन्धी सूचना सबै सञ्चार माध्यमहरुलाई उपलब्ध नगराइएको भन्दै नेपाल पत्रकार महासंघले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियालाई भेटेर असन्तुष्टी जनाएका छन् ।
 
महासंघका सचिव गोविन्द्र प्रसाद चौलागाईको नेतृत्वमा केन्द्रीय सदस्य सुभाष साहसहितको टोलीले प्रमुख आयुक्त थपलियासँग भेटघाट गरी निर्वाचन प्रचार प्रसारको क्रममा एजेन्सी खडा गरी सञ्चार माध्यमले पाउने प्रचारप्रसार शुल्क कटौती नगर्न र छापा माध्यम, विद्युतीय माध्यम र अनलाईन माध्यम सबैलाई प्रचार प्रसार सामग्री उपलब्ध गराएर समान व्यवहार गर्न आग्रह गरे ।
 
महासंघको आग्रहपछि प्रमुख आयुक्त थपलियाले टेलिभिजन र रेडियोको समस्या हल भइसकेको, अनलाइन सञ्चार माध्यमहरुलाई अधिकतम् ३५ हजार रुपैयाँसम्मका सामग्री उपलब्ध गराउने निर्णय आजै भएको बताउँदै छापा माध्यम अन्तर्गत छुटेका साप्ताहिकहरुको समयमा सबैलाई समान रुपमा प्रचार सामग्री उपलब्ध गराउन आयोगमा छलफल गरी समस्या हल गर्ने प्रतिबद्धता जनाएका छन् ।
 
नेपाल पत्रकार महासंघमा देशैभरिका साप्ताहिक तथा अनलाइन सञ्चार माध्यमहरुले प्रचार सामग्री नदिई निर्वाचन आयोगले विभेद गरेको भन्दै चर्को समान व्यवहारको लागि पत्रकार महासंघले लविङ गर्नुपर्ने दवावपछि आज टोली भेटघाटमा पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago