भर्खरै

निर्वाचनमा टेलिकमको डाटा र भ्वाइस प्याकमा अफर

  • प्रकाशित मिति : आइत, कार्तिक २७, २०७९
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं २७ कात्तिक । नेपाल टेलिकमले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अबसरमा डाटा र भ्वाइस प्याकहरुमा अफर उपलब्ध गराएको छ ।
 
निर्वाचन सम्बन्धि सूचना आदान प्रदान गर्नका लागि निर्वाचन अफर उपलब्ध गराएको हो । डाटाप्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा २९४ रुपैयाँमा उपलब्ध छ ।
 
यसैगरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा रु. ९८ मा उपलब्ध छ ।
 
एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिन्छ ।
 
यो अफर कात्तिक २७ देखि आगामी मंसिर ११ गतेसम्म उपलब्ध हुनेछ ।

प्रतिक्रिया