भर्खरै

यहि वर्ष जलविद्युत् उत्पादन क्षमता तीन हजार मेगावाट पुग्छ : निर्देशक घिसिङ

  • प्रकाशित मिति : बुध, मंसिर ७, २०७९
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं ७ मंसिर । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत् उत्पादन क्षमता करिब तीन हजार मेगावाट पुग्ने बताउनुभएको छ । बुधबार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बोल्दै घिसिङले १५ वर्ष पूरा भएका जलविद्युत आयोजनाहरु सम्पन्न हुन लागेकाले चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने बताउनु भएको हो ।
 
तीन हजार मेगावाट विद्युत उत्पादन हुने हो भने जलविद्युत् क्षेत्रबाट करिब ५० अर्ब रोयल्टी र ५० अर्ब कर सरकारले पाउने उनले बताउनुभयो । हाल प्राधिकरण मातहतका जलविद्युत् आयोजनाहरूले मात्र एक अर्ब ७० करोड रोयल्टी सरकारलाई तिरिरहेको उहाँको भनाई थियो । 
 
’पहिला हामी यो बेलामा १० देखि ११ अर्बकै बिजुली आयात गथ्र्यौं भने अहिले निर्यात गरिरहेका छौं । विद्युत निर्यातले मुलुकको भुक्तानी सन्तुलनमा सहयोग पु¥याएको छ ।’ उहाँले भन्नुभयो ‘हाल नेपालले ११ अर्बभन्दा बढीको बिजुली भारत निर्यात गरिरहेको छ ।’ 
 
प्रमुख कार्यकारी निर्देशक घिसिङले जलविद्युत आयोजनाहरुको प्रवद्र्धन गर्नसके राजश्वमा ठूलो योगदान पुग्ने भनाईराख्दै उहाँले ३ वर्षभित्र ५ हजार मेगावाट उत्पादन क्षमता बन्ने बताउनु भयो । उहाँको जलविद्युत मुलुकको समृद्धिको लागि महत्वपूर्ण रहेको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago