भर्खरै

पहिलो चौमासिकमा ४ खर्ब ७७ अर्ब व्यापार घाटा

  • प्रकाशित मिति : बिही, मंसिर ८, २०७९
  • - रासस
title
काठमाण्डौ, ८ मंसिर । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिक अवधिमा नेपालको वैदेशिक व्यापार घाटा चार खर्ब ७७ अर्ब ९१ करोड ७० लाख रुपैयाँ पुगेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार नेपालले यो अवधिमा कूल पाँच खर्ब ८७ अर्ब ४६ करोड ५६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जसमध्ये पाँच खर्ब ३२ अर्ब ६९ करोड १३ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको तथा ५४ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ बराबरको मात्रै निर्यात गरेको देखिन्छ । कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ६८ र निर्यातको हिस्सा नौ दशमलव ३२ प्रतिशत बराबर हो । 
 
विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको पहिलो चौमासिक अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कूल वैदेशिक व्यापार १९ दशमलव ७९ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा नेपालको कूल वैदेशिक व्यापार सात  खर्ब ३२ अर्ब ४१ करोड ८६ लाख रुपैयाँ पुगेको थियो । त्यस्तै गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा आयात १८ दशमलव शून्य आठ प्रतिशत र निर्यात ३३ दशमलव ३० प्रतिशतले घटेको छ ।
 
प्रथम चौमासिकमा नेपालले छिमेकी मुलुक भारतसँग मात्र दुई खर्ब ८३ अर्ब ५८ करोड ९१ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । यो अवधिमा नेपालले भारतबाट तीन खर्ब २२ अर्ब १८ करोड रुपैयाँ बराबरको आयात गरेको छ भने ३८ अर्ब ६० करोड रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago