भर्खरै

फीन इलेक्ट्रो–टेक २०२२ को अन्तिम तयारी

  • प्रकाशित मिति : बुध, मंसिर १४, २०७९
  • - शिखर श्रेष्ठ
title
काठमाडौं १४ मंसिर । काठमाडौं मंसिर । नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गर्ने राठी स्वीच एण्ड केबुलको प्रमुख प्रायोजनमा फीन इलेक्ट्रो–टेक २०२२ को तयारी अन्तिम चरणमा पुगेको छ । सन् १९९६ देखि सुरु भएको इलेक्ट्रो–टेक आज २६ वर्षको अवधिमा यो दशौं संस्करणको रुपमा फिन इलेक्ट्रो टेक २०२२ आयोजना हुन गइरहेको हो । 
 
कोरोनाका कारण रोकिएको दशौं संस्करण ‘फीन इलेक्ट्रो टेक २०२२’ महासंघले आउँदो मंसिर २२ गते देखि २५ गते सम्म काठमाडौंको भृकुटीमण्डपको प्रदर्शनी कक्षमा आयोजना हुने सो मेलाको तयारी अन्तिम चरणमा पुगेको महासंघका महासचिव तथा ‘फीन इलेक्ट्रो टेक २०२२ संयोजक कोमल पोखरेल बताउनु भयो ।
 
 आफ्नै मुलुकमा बढ्दो उत्पादित जलविद्युतको विभिन्न विद्युतीय माध्यमहरुबाट उपभोग बढाई देशलाई आर्थिक रुपमा सवलीकरण गर्दै लैजान सहयोग पुग्ने उद्धेश्यका साथ यस वर्ष, ‘नेपालको समृद्धि उर्जा खपत अभिवृद्धि’ भन्ने नाराका साथ महासंघले फीन इलेक्ट्रो टेक २०२२को आयोजना गरेको छ ।  
 
राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एंव वैकल्पिक ऊर्जा उद्यमीहरुलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवद्र्धन गर्नुको साथै यी उद्योगमा भएका नवीनतम उपलब्धिहरु बारे सूचना आदान–प्रदान गर्ने तथा उपभोक्ता वर्गलाई यस सम्बन्धि जानकारी उद्यावधिक गराउन यस मेलाले सहयोग पु¥याउने महासंघको अपेक्षा छ ।
प्रदर्शनी कक्षका सबै स्टलहरु बुकिङ भइसकेको महासंघले जनाएको छ । ऊर्जा तथा विद्युतीय व्यवसायको समग्र विकास, आन्तरिक ऊर्जा खपतको अभिवृद्धि एवं आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरणका लागि अन्तर्राष्ट्रिय स्तरको ऊर्जा, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स प्रदर्शनी भएको महासंघका अध्यक्ष पौड्यालले बताउनुभयो ।
 
प्रदर्शनीमा ऊर्जा उत्पादन यन्त्र, ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कन्डक्टर, हाउसवल्र्ड उपकरण, लाइटिङ्ग, फिक्चर्स, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ । देशको आर्थिक, औद्यौगिक तथा व्यापारिक क्षेत्रहरू को विकासमा मेलाले सहयोग गर्ने महासंघले बताएको छ ।
 
सो मेलाको टाइटल स्पोन्स्रमा राठी स्वीच एण्ड केबुल (अन्नपूर्ण ग्लोवल इम्पेक्स प्रा.लि.) रहेको छ । प्लाटिनियम स्पोन्सरमा महालक्ष्मी केबुल (महालक्ष्मी वायर एण्ड केबुल इन्डष्ट्रिज प्रा.लि.), डायमण्ड स्पोन्सरमा ग्रेटह्वाइट ( मित्तल ओभरसिज प्रा.लि.), गोल्ड स्पोन्सरमा इलेक्ट्रा इलेक्ट्रिक (एनजी इलेक्ट्रिकल्स प्रा.लि.) जानकी केबुल (जानकी केबुल इन्डष्ट्रिज प्रा.लि.), लिशा स्वीच (वेलकम टेक्नोल प्रा.लि. र ट्रान्सवेल्ड ट्रान्सर्फमर (ट्रान्सवेल्ड नेपाल प्रा.लि.) रहेका छन् । 
 
मेलाको आयोजनाका सहयोगी संस्थाहरुको रुपमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान), नेपाल इञ्जिनियर्स एशोशियसन, सौर्य ऊर्जा उत्पादक संघ नेपाल, सोसाइटी अफ कन्सल्टिङ्ग, आर्किटेक्चरर एण्ड इञ्जिनियरिङ फर्म, लघु जल विद्युत उत्पादक संघ नेपाल, सोसाइटी अफ इलेक्ट्रिकल इञ्जिनियर्स नेपाल, नेपाल विद्युतीय सामग्री उत्पादक संघ (नीमा), र नेपाल इलेक्ट्रिकल कन्ट्रयाक्टर एशोशियसन रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago