भर्खरै

फिन इलेक्ट्रो टेक २०२२ को तयारी पुरा, ६० हजारले अवलोकन गर्ने अनुमान

  • प्रकाशित मिति : बिही, मंसिर १५, २०७९
  • - भीमलाल श्रेष्ठ
title
काठमाडौं १५ मंसिर । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा इलेक्टिक तथा इलेक्ट्रोनिक्स् सामग्रीहरुको वृहत प्रर्दशनी फिन इलेक्ट्रो टेक २०२२ को तयारी पुरा भएको छ ।
 
महासंघले आज बिहिवार आयोजिक पत्रकार सम्मेलन गर्दै काठमाडौंको भृकुटीमण्डप प्रर्दशनी हलमा मंसिर २२ गते बिहिवार देखि चार दिन सम्म इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स् सामग्रीहरुको वृहत प्रर्दशनी एवमं गोष्ठी राठी स्वीच एण्ड केवलद्धारा प्रायोजित दशौं संस्करणको फिन इलेक्ट्रो टेक २०२२ को तयारी पुरा भएको महासंघले जनाएको छ ।
 
आफ्नो मुलुकमा बढ्दो उत्पादित जलविद्युत विभिन्न विद्युतीय माध्यमहरुबाट उपभोग बढाई देशलाई आर्थिक रुपमा सबलीकरण गर्न ऊर्जा तथा विद्युतीय व्यावसायको समग्र विकास तथा व्यापार प्रद्र्धधनमा टेवा पु¥याउने उदेश्यका साथ यस वर्ष ‘नेपालको समृद्धि ऊर्जा खपत अभिवृद्धि’ भन्ने नाराका साथ फिन इलेक्ट्रो टेक २०२२ आयोजना गरेको महासंघका अध्यक्ष सुर्दशन प्रसाद पौड्यालले बताउनु भएको छ ।
राष्ट्रिय एवम अन्तर्राष्ट्रिय इलेक्ट्रिक र इलेक्ट्रोनिक्स् सञ्चार तथा सुचना प्रविधि लगायत विद्युत र वैकल्पिक ऊर्जा उद्यमीहरुलाई एकै थलोमा जमघट गराई व्यवसायी प्रद्र्धधन गर्नुका साथै यी उद्योगहरुमा भएका नवीनतम उपलब्धिहरु बारे सूचना आदान प्रदान गर्ने लक्ष्य लिएको अध्यक्ष पौड्यालले बताउनु भयो । प्रर्दशनीमा हलभित्र ४९ वटा ब्लकहरू र हल बाहिर २६ वटा स्टलहरू गरी जम्मा ७५ वटा प्याभिलियन तथा स्टलहरू रहेका छन् । 
 
प्रदर्शनीमा ऊर्जा उत्पादन यन्त्र, ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कन्डक्टर, हाउसहोल्ड उपकरण, लाइटिङ्ग, फिक्चर्स, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ । देशको आर्थिक, औद्यौगिक तथा व्यापारिक क्षेत्रहरूको विकासमा मेलाले सहयोग गर्ने महासंघले बताएको छ ।
 
महासंघका अनुसार मेलामा स्वेदशी उत्पादन लगायत भारत, चीन जर्मनी, फ्रान्स, जापान, सिँगापुर, फ्रान्स, जर्मनी, इटाली, स्पेन, मलेसिया, अमेरिका लगायत देशहरुका इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीले प्रर्दशनी हुने अध्यक्ष पौड्यालले बताउनु भयो । चार दिनसम्म चल्ने सो मेलाभर ६० हजारभन्दा बढी आगन्तुकले अवलोकन गर्ने विश्वास लिएको छ ।
 
सो मेलाको टाइटल स्पोन्स्रमा राठी स्वीच एण्ड केबुल रहेको छ । प्लाटिनियम स्पोन्सरमा महालक्ष्मी केबुल (महालक्ष्मी वायर एण्ड केबुल इन्डष्ट्रिज प्रा.लि.), डायमण्ड स्पोन्सरमा ग्रेटह्वाइट (मित्तल ओभरसिज प्रा.लि.), गोल्ड स्पोन्सरमा इलेक्ट्रा इलेक्ट्रिक (एनजी इलेक्ट्रिकल्स प्रा.लि.) जानकी केबुल (जानकी केबुल इन्डष्ट्रिज प्रा.लि.), लिशा स्वीच (वेलकम टेक्नोल प्रा.लि. र ट्रान्सवेल्ड ट्रान्सर्फमर (ट्रान्सवेल्ड नेपाल प्रा.लि.) रहेका छन् । त्यस्तै अफिसियल बैंक एनआईसि एसिया बैंक, इन्स्योरेन्समा, सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र क्यारियर एस के वि सिपिङ्ग एण्ड कार्गो रहेका छन् । डिजिटल पेमपेन्ट पार्टनर खल्ती एप मार्फत टिकट बुकिङ गरेमा आकर्षक छुटको व्यवस्था रहेको महासंघले जनाएको छ । कार्ड स्पोन्सरमा स्टारसिड टेक्नोलोजी (विहान) रहेको सो कार्यक्रम ग्लोबल एक्पोजिसनबाट व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago