भर्खरै

खोटाङको हलेसीमा सौर्यबत्ती जडान

  • प्रकाशित मिति : शुक्र, मंसिर १६, २०७९
  • - विद्युत संसार
title

खोटाङ, १६ मङ्सिर । प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिर परिसरमा सौर्यबत्ती जडान गरिएको छ । उज्यालो हलेसी कार्यक्रमअन्तर्गत  प्रदेश नं १ सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको रु १० लाख लागतमा मन्दिर परिसरको २६ ठाउँमा सौर्यबत्ती जडान गरिएको हो ।

बत्ती नहुँदा भक्तजनलाई असहज भइरहेको अवस्थालाई ध्यानमा राखेर सौर्यबत्ती जडान गरेर सञ्चालनमा ल्याइएको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष एवं नगर प्रवक्ता कमल गिरीले जानकारी दिनुभयो । महेन्द्रोद्धय माविको छानामा १२ थान सोलार प्यानल राखेर सौर्यबत्तीको व्यवस्था गरिएको छ । 
 
सौर्यबत्ती जडानपछि मर्मतसम्भार र सुरक्षाको जिम्मा नगरपालिकाले गर्नुपर्ने छ । उज्यालो हलेसी कार्यक्रमअन्तर्गत नै प्रदेश सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको रु एक करोडमा एक सय २६ सौर्यबत्ती जडान गर्ने तयारी भइरहेको गिरीले जानकारी दिनुभयो । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने दर्शनार्थी तथा भक्तजनको सहजताका लागि उज्यालो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले रु सात लाखमा ११ ठाउँमा सिसीक्यामेरासमेत जडान गरेको छ ।  
 
हलेसीमा रामनवमीको अवसरमा १५ दिन, शिवरात्रिमा पाँच दिन, बालाचतुर्दशी तथा हरितालिका तीजमा तीन–तीन दिन तथा बोलबमको अवसरमा साउन महिनाको हरेक सोमबार ठूलो मेला लाग्छ । हलेसीको समग्र विकासका लागि गुरुयोजना निर्माणको काम भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago