भर्खरै

फिन इलेक्ट्रो–टेक २०२२ को आज दोस्रो दिन, अवलोकनकर्ताको उत्साहजनक सहभागिता

  • प्रकाशित मिति : शुक्र, मंसिर २३, २०७९
  • - भीमलाल श्रेष्ठ
title
 काठमाडौं, मंसिर । फिन इलेक्ट्रो–टेक २०२२ मा  अवलोकनकर्ताको उत्साहजनक सहभागिता देखिएको छ । 
 
मेलाको पहिलो दिनमा करिव ११ हजार जना अवलोकनकर्ताहरुले मेलाको अवलोकन गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा बिहिबार सुरुभएको मेलामा अवलोकनकर्ताहरुले नवीनतम प्रविधि प्रयोग भएका सामग्रहिरुप्रति बढी चासो देखाएको नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुर्दशन प्रसाद पौड्यालले बताउनुभयो । 
 
कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले कार्यक्रमको समुद्धाटन गर्दै नेपालको आर्थिक विकास र समृद्धिको मूख्य पाटो ऊर्जा क्षेत्र रहेको बताउनुभयो ।  खरिद ऐनको व्यवस्था अनुसार १५ प्रतिशत महंगो भएतापनि नेपालमा उत्पादन भएको सामग्री सरकारले खरिद गर्दा नेपालमा रहेको उद्योगहरुलाई प्रोत्साहन हुने उहाँको भनाई छ ।  ऐन तथा नियममा समस्या नभएको बताउँदै हाम्रो व्यवहारमा समस्या भएको र यो समस्यालाई समाधान तर्फ सबैले ध्यान पु¥याउन आग्रह गर्नुृभयो । ऊर्जालाई जति नै उत्पादन र खपत गर्न सकिन्छ त्यति नै देशको व्यापार घाटालाई न्युनिकरण गर्न सकिने भन्दै अर्थमन्त्री शर्माले यो क्षेत्रमा देखिएको समस्यालाई समाधानज गरी देशमा उत्पादित ऊर्जाको भरपुर उपयोग गरेर देशको व्यापार घाटालाई कम गर्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । 
 
अर्थतन्त्र संकटमा रहेको र आफूहरु निराश रहेको जस्ता अभिव्यक्ति नदिन आग्रह गर्दै उद्योगी, व्यवसायीहरु सडक आन्दोलनमा नभई उद्योग व्यवसायमा लाग्नुपर्ने बताउनुभयो । उहाँले उद्योगी व्यवसायीहरुका समस्या समाधानको लागि सरकार गम्भीर रहेको भन्दै तरलता तथा बैंक ब्याजदर वृद्धि लगायतको समस्या समाधानको लागि निजी क्षेत्र, राष्ट्र बैंक, वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिसहितको कार्यदल दिएको सुझावका आधारमा काम भइरहेको समेत बताउनुभयो । 
 
कार्यक्रममा बोल्दै मन्त्री शर्माले व्यवसाय नै छोडेर सडकमा आन्दोलन गर्ने काम व्यवसायीहरुको नभएको भन्दै मन्त्री शर्माले बैंकको ब्याजदर वृद्धि, चालु पूँजी कर्जा निर्देशिकाकाको सन्दर्भमा सरकारले गम्भिरतापूर्वक छलफल गरिरहेको उहाँको भनाई छ । 
त्यस्तै कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत खपतका लागि आवश्यक पूर्वाधारको निर्माण गर्न प्राधिकरण र सरकार लागि परिरहेको बताउनुभयो । उहाँले पूर्वाधारको निर्माण नगरी धेरै खपतको कुरा गर्न नसकिने बताउँदै यसमा प्राधिकरणको ठूलो लगानीमा निर्माण भइरहेकोले अब चाहेजति विद्युत उत्पादन गरेर गाउँ–गाउँमा विद्युतीकरण गर्ने योजनामा प्राधिकरण रहेको बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago