भर्खरै

स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौं ।

  • प्रकाशित मिति : बुध, मंसिर २८, २०७९
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं २८ मंसिर । देशमा निर्यातको तुलनामा आयातको परिमाण अत्याधिक बढ्दा व्यापारघाटा चुलिँदो छ । व्यापारघाटा बढ्दै जाँदा अर्थतन्त्र परनिर्भर, थप कमजोर र जोखिमयुक्त बन्दै जान्छ । हाल नेपालको परिवेश पनि व्यापारघाटाले अर्थतन्त्रमा नराम्रोसँग असर पारेको छ । अर्थतन्त्रलाई मजबुत बनाउन र परनिर्भरता न्यून गर्न आन्तरिक उत्पादन वृद्धि गर्नुपर्छ । तर, आन्तरिक उत्पादन वृद्धि र निर्यात प्रवर्द्धनको हाम्रो देशको प्रयास आफैमा निराशाजनक छ ।
राज्यका नीति, योजना र कार्यक्रमको कार्यान्वयन सन्तोषजनक ढंगले हुन नसक्दा निर्यातजन्य भनेर किटान गरिएका वस्तुको पनि सन्तोषजनक उत्पादन हुन सकेको छैन । अझ भनौ स्वदेशमा नै उत्पादित विद्युत स्वदेशमा नै खपत गर्न मात्र सक्यौ भनेपनि व्यापारघाटाको न्यूनिकरणमा ठूलो सफलता मिल्ने थियो ।
 
  विद्युत खपत बढाउन कै निम्ति काठमाडौंको भृकुटीमण्डप प्रर्दशनी हलमा मंसिर २२ गते बिहिवार देखि चार दिन सम्म इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स् सामग्रीहरुको वृहत प्रर्दशनी एवमं गोष्ठी राठी स्वीच एण्ड केबुलद्धारा प्रायोजित दशौं संस्करणको फिन इलेक्ट्रो टेक २०२२ सफलतापूर्वक सम्पन्न भएको छ । नेपालमा यस्ता खालका प्रर्दशनी हुनु आफैमा राम्रो विषय हो अझ विद्युत खपतसँगै स्वदेशमा नै बन्ने इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स् सामग्रीहरुलाई विशेष प्राथमिकता दिनु नितान्त आवश्यक छ । अर्कोतर्फ अहिलेको सन्र्दभमा नेपालमा ठूलो मात्रामा  गुणस्तरहिन विद्युतीय सामानहरु आयात हुने गरेको छ । यसरी आयात गरिएको गुणस्तरहिन सामानहरुको कारण उपभोक्ताहरु ठगिनुका साथै ठूलो मात्रामा राष्ट्रिय पुँजी समेत बाहिरिने गरेको छ । गुणस्तरहिन सामानको आयातबाट बाहिरिने पुँजीलाई जोगाउन विद्युतीय सामानको उपभोग गर्ने ग्राहक तथा उपभोक्ताहरुलाई पनि गुणस्तरीय सामान मात्र प्रयोग गर्न यस मेलाले सहयोग पु¥याएको छ । 
 
इलेक्ट्रो टेक मेलाले विद्युतीय ग्राहक, उपभोक्ता र विद्युतीय व्यवसायीहरुलाई मात्र फाइदा नभई सिंगो देशको अर्थतन्त्रलाई नै  फाइदा पुर्‍याई रहेको छ । मेलाको आयोजना गर्नको लागि आइपर्ने समस्याहरु प्रति सम्बन्धित निकायहरुले ध्यान दिई यस मेलालाई हरेक वर्ष वर्षमा सञ्चालन गर्न उत्प्रेरणा दिनुपर्दछ । स्वदेशमा रोजगारीको अवसर सिर्जना गरी विद्युतीय सामानहरुको उत्पादनमा लाग्दै आएका उद्योगी अथवा व्यवसायीलाई करको दरमा सरकारले केही सहुलियत दिन आवश्यक छ । जसले आयातित सामग्रीहरुमा कमि आउनुका साथै स्वदेशमा नै उत्पादित विद्युत खपत र व्यापारघाटा न्यूनीकरणमा पनि ठूलो सघाउ पुग्ने थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago