भर्खरै

आर्थिक मन्दीको समयमा मेलाको भुमिका र महत्व

  • प्रकाशित मिति : बुध, मंसिर २८, २०७९
  • - रामप्रसाद पौडेल
title

काठमाडौं २८ मंसिर । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा फिन इलेक्ट्रो टेक–२०२२ सम्पन्न भएको छ । मंसिर २२ गते बिहिबार देखि सुरु भएको इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स सामग्रीहरुको वृहत प्रर्दशनी २५ गते आइतबार सम्पन्न भएको थियो । राठी स्वीच एण्ड केबुलको प्रमुख प्रायोजनमा काठमाडौं भृकुटीमण्डपमा ४ दिन सम्म चलेको सो मेलाले विद्युतीय क्षेत्रमा ठूलो टेवा पुगेको छ भने नेपाली बजारमा इलेक्ट्रिक एण्ड इलेक्ट्रिोनिक्स् सामग्रीहरुको नवीनतम उपलब्धिहरु अवलोकनकर्ताले प्रत्यक्ष हेर्न र परिक्षण गर्ने अवसर मिल्यो ।
 
मुलुकमा बढ्दो उत्पादित जलविद्युतको विभिन्न विद्युतीय माध्यमहरुबाट उपभोग बढाई देशलाई आर्थिक रुपमा सवलीकरण गर्दै लैजान एवं ऊर्जा तथा विद्युतीय व्यवसायीहरू को समग्र विकास तथा व्यापार प्रवद्र्धनमा अत्याधिक टेवा पु¥याउने उद्देश्यका साथ यस वर्ष ’नेपालको समृद्धि ऊर्जा खपत अभिवृद्धि“ को नारा लिएर भएको “फिन इलेक्ट्रो–टेक २०२२“ महासंघले सन् १९९६ देखि हरेक दुई–दुई वर्षमा गर्दै आएको इलेक्ट्रो–टेक २६ वर्षको अवधिमा यो दशौँ संस्करण हो । केही वर्ष कोरोना महामारी र विविध कारणले गर्दा यो संस्करण चार वर्ष पछि भएको हो ।
 
कोरोना र आर्थिक मन्दीका कारण यतिबेला विद्युतीय क्षेत्रमा मात्र नभएर अन्य क्षेत्रको पनि चहलपहल घटेको छ । यहि समयमा महासंघले आयोजना गरेको इलेक्ट्रिक क्षेत्रको महाकुम्भ मेलाले पनि विद्युतीय बजारमा ठूलो योगदान पु¥याउनेमा महासंघ र व्यवसायीहरु पनि आशावादी छन् । ४ दिन सम्म चलेको सो मेलामा अवलोकनकर्ताहरुको पनि उल्लेखनीय उपस्थिति रहेको थियो ।  प्रदर्शनीमा इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स सामग्रीहरुको प्रदर्शनी मात्र नभएर विद्युतीय सुरक्षा र चट्याङ्ग सम्बन्धी दुई दिने सेमिनार तथा गोष्ठी समेत भएकोले इलेक्ट्रिक क्षेत्रमा व्यवसाय गर्ने, पेशाकर्मी र अध्ययनरत विद्यार्थीहरुको निम्ति पनि सो मेला महत्वपूर्ण रह्यो । 
 
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इलेक्ट्रिक र इलेक्ट्रोनिक्स सञ्चार तथा सूचना प्रविधि लगायत विद्युत र वैकल्पिक ऊर्जा उद्यमीहरुलाई एकै थलोमा जमघट गराई व्यवसायी प्रवद्र्धन गर्नुका साथै यी उद्योगहरुमा भएका नवीनतम उपलब्धिहरुबारे सूचना आदान प्रदान गर्न सफल भएको छ । पछिल्लो समयमा देशमा जुन आर्थिक मन्दी हुँदाहुँदै पनि उद्योगी तथा व्यवसायीहरुले उत्साहका साथ आफ्नो उत्पादन गरेका सामग्री तथा प्रोड्क्टहरु प्रर्दशनी गरेर इलेक्ट्रो–टेकमा दिएको साथले ऊर्जा क्षेत्रमा साँच्चै ठूलो योगदान पुगेको छ । 
 
 यस मेलाले देशमा खपत भइरहेको पेट्रोलियम पदार्थलाई घटाएर उत्पादित विद्युतलाई कसरी खपत बढाउने भन्ने विषयमा पनि अवलोकनकर्ताहरुमा ज्ञान दिन सो मेलाले सघाउ पु¥याएको छ । पेट्रोलियम पदार्थको आयातलाई विस्थापन गर्न इण्डक्सन चुलोको बारेमा विशेष जानकारी दिन साथै विद्युतीय सामग्रीहरुको प्रयोग बढाउन यस्ता मेलाले ठूलो सहयोग गरेको छ । यसले विद्युतीय सामग्रीको प्रयोगले विद्युत खपत त बढाउँछ नै अर्को तर्फ देशको अर्थतन्त्रलाई पनि ठूलो टेवा दिन मद्धत गर्दछ ।  स्वदेशको जलविद्युत् खपत बढाई देशलाई आर्थिक रुपमा सवलीकरण गर्दै लैजान र ऊर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा यो मेलाले मद्दत पु¥याएको छ । यो मेला विद्युतीय क्षेत्रका सरोकारवालाहरुलाई मात्रै नभएर हरेक व्यक्तिको लागि उत्तिकै महत्वपूर्ण छ । अझ देशले आर्थिक मन्दी भोगिरहेको समयमा महासंघले गरेको सो मेलामा उद्योगी, व्यवसायी र अवलोकनकर्ताहरुको उत्साह सम्मानजनक नै थियो । यस्ता मेलाहरु संघ महासंघ मात्र नभई सरकारले नै चोसो देखाएर हरेक वर्ष नै सञ्चालनमा ल्याउन आवश्यक छ । किनकी व्यवसायीहरु र उपभोक्ताहरुमा बजारमा आएका नवीनतम सामग्रीहरुको विषयमा ज्ञान लिने उपयुक्त स्थान बन्ने थियो । 

प्रतिक्रिया