भर्खरै

एप्पल ग्रुपद्धारा विनय स्वीच नेपाली बजारमा

  • प्रकाशित मिति : बुध, पौष ६, २०७९
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, ६ पुस । नेपालको विद्युतीय बजारमा मोडुलर स्वीचहरुको भिडमा एप्पल ग्रुपद्धारा विनय ब्राण्डका मोडुलर स्वीच पनि बजारमा आएको छ । गत मंसिर २१ गते काठमाडौंको हायात रिजेन्सी होटलमा एक कार्यक्रम गरेर एप्पल ग्रुपले विनय मोडुलर स्वीच लन्च गरेको हो । 
 
भारतमा विगत ५५ वर्ष अघि स्थापना भएको विनय इलेक्ट्रिक सोलुसनले यी स्वीचहरु उत्पादन गर्दै आइरहेको विनय इलेक्ट्रिक सोलुसनका डाइरेक्टर धिरेन चेड्डाले बताउनुभयो । उहाँका अनुसार यो स्वीच गुणस्तरीय र आकर्षक देखिने भएकोले भारतीय बजारमा राम्रै स्थान पाइरहेको र नेपाली बजारमा पनि राम्रै सफलता मिल्ने आशा रहेको उहाँको भनाई छ । 
 
भारतमा विगत ५५ वर्ष अघिदेखि विद्युतीय बजारमा स्थापित ब्राण्ड विनय ब्राण्ड अन्तर्गत लियो ब्राण्डका  सबै प्लेटहरु ल्याएको छ भने औरा ब्राण्डका सबै स्वीचहरु बजारमा ल्याएको एप्पल ग्रुप प्रा.लि.का सञ्चालक बलराम कुँईकेलले बताउनुभयो । सञ्चालक कुँइकेलका अनुसार यी स्वीचहरु विभिन्न  कलरमा पाउन सकिने छ । 
 
 
यस्तै, उद्घाटन कार्यक्रममा महासंघका अध्यक्ष पौड्यालले गुणस्तरीय सामान उत्पादन ,गुणस्तरीय सामान को प्रयोग र गुणस्तरीय वस्तुको आयात गर्ने महासंघको नारा रहेको बताउँदै उपभोक्ताहरुको लागि कष्ट इफेक्टीभ हुनुपर्ने, मूल्य वार भन्दा गुणस्तरको रुपमा क्वालिटी वार हुनुपर्ने बताउनुभयो ।
 
देशभरको विद्युतीय व्यवसायीहरु बीच कम्पनीले मोडुलर स्वीच लन्च गरिएको थियो । यस कम्पनीले हालै सम्पन्न फिन इलेक्ट्रो टेक २०२२ मा सहभागी स्टलहरु मध्ये उत्कृष्ट स्टल सजावट र व्यवस्थापन वापत एप्पल ग्रुप प्रा.लि प्रथम स्थानको प्रशंसापत्र प्राप्त गरेको थियो । 
 
 
 एप्पल ग्रुपद्धारा विनय स्वीच प्रोडक्ट लन्चीङ कार्यक्रमका प्रमुख अतिथि सुर्दशन प्रसाद पौड्याल, विशेष अतिथिहरु क्रमश : विनय इलेक्ट्रिक सोलुसनका डाइरेक्टर धिरेन चेड्डा, पूर्व भारतकालागि नेपाली राजदुत डा. दुर्गेश मान सिंह, नेपाल विद्युतीय व्यवसायी महासंघका उपाध्यक्ष रेशम प्रसाद देवकोटा, महासंघ सदस्य  बिनोद लुइटेल र काठमाडौं विद्युत व्यवसायी संघका अध्यक्ष सरोज कुमार रेग्मी रहेको थियो । सञ्चालक रुपक धितालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने धन्यवाद ज्ञापन अध्यक्ष रविन खड्काले गर्नुभएको थियो । यस्तै स्कीम लन्चीङ् सञ्चालक सदस्यहरु बलराम कुइकेल र कुमार गौतमले गर्नुभएको थियो । कम्पनीमा नेपाली विद्युत व्यवसायीहरु मध्ये २२ जना सञ्चालक सदस्य रहेका छन् ।   

प्रतिक्रिया